ताजा खबर

सलमानको डरले टाढा भएका अर्जुन मलाइकासँग फेरि नजिकिए

RadioTaplajung

सलमानको डरले टाढा भएका अर्जुन मलाइकासँग फेरि नजिकिए
 भदौ १२ गते । अभिनेता अर्जुन कपूर र मलाई अरोरा यति बेला फेरि चर्चामा आएका छन । हालै अर्जुन कपूर उनकी बहिनी जान्हवी कपूरका साथ लेक्मे फेशन वीक २०१८ को कार्यक्रममा सहभागी भएका थिए । जान्हवीले पहिलो पटक लेक्मे फेशन वीकमा र्‍याम्प वाक गरेकी थिइन् ।

यही कार्यक्रममा सहभागी सबैको नजर भने जान्हवीका दाइ अर्जुन कपूर र मलाइका अरोरामाथि रोकिए । किनकी अभिनेता अर्जुन कपूर त्यहाँ उपस्थित व्यक्तिहरु र मिडियाको कुनै पर्वाह नगरी मलाइका अरोरा बसेको सिट नजिकै गएर बसे ।  अर्जुन र मलाइकाले एक अर्कालाई डेट गरिरहेका खबरहरु लामो समयदेखि मिडियाहरुमा आइरहेका थिए ।

तर यी दुवैले सार्वजनिक रुपमा आफूहरुबीचको सम्बन्धबारे कुनै पनि खुलासा गरेका छैनन् । मलाइका र अर्जुनबीचको सम्बन्ध त्यति बेला चर्चामा आएको थियो जब मलाइकाले २ वर्ष अगाडि सलमान खानका भाइ अरबाज खानसँगको विवाह तोड्दै सम्बन्ध विच्छेद गरेकी थिइन् । मलाईका अर्जुन कपूर भन्दा १२ वर्ष जेठी छिन् ।

अर्जुन र मलाइकाबीचको सम्बन्धको चर्चा चलेसँगै अभिनेता सलमान खान अजुर्नसँग निकै रिसाएका छन् । अहिले सलमान र अर्जुनबीच बोलचाल बन्द छ । तर अर्जुन कपूरका बुवा बोनी कपूर र सलमानबीच भने निकै घनिष्ठता रहेको छ । सलमान खानको रिस र बुवा बोनी कपूरको सल्लाहपछि अर्जुन मलाइकासँग केही समयसम्म टाढा भएका थिए ।

तर अहिले लामो समयपछि यी दुवै फेरि एकसाथ देखिएका छन् । सार्वजनिक भिडियोमा अर्जुन कपूर मलाइकाका साथमा बसे पनि  उनी सँगै बसेकी बहिनी जान्हवी कपूरका साथ कुराकानी गरिरहेका छन् । अहिले अर्जुन र मलाइकाको यो भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।  उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण