ताजा खबर

मुस्कान खुलेको वर्ष

RadioTaplajung


मुस्कान खुलेको वर्ष
बैसाख १ गते । २०७३ को बिदाई र २०७४ को प्रारम्भ हुँदै गर्दा कलाकार सीताराम कट्टेल धुर्मुसलाई सोधिएको थियो ‘२०७४ कस्तो होस्रु’ उनले जवाफ दिएका थिए, ‘२०७४ मा संविधानमा उल्लेख गरिएका तीन वटा निर्वाचन पूरा होस् ।’

२०७५ मा प्रवेशको संघारमा बसेर २०७४ लाई फर्केर हेर्दा धुर्मुसले गरेको कामना पूर्ण भयो । ‘गफका भारी’ को परिचय बनाएका नेतृत्वले विभिन्न बाधा चिर्दै मुख्य कार्यभार सम्पन्न गरे । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मुख्य कार्यभारसँगै राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न हुँदै नेपालको संविधानले कल्पना गरेको संघीय गणराज्य नेपालको यात्रा प्रारम्भ ग¥यो, २०७४ मा ।

परिर्वतनको आशमा पटक–पटक आन्दोलनमा होमिएका नेपाली नागरिक राजनीतिक नेतृत्वबाट पटक–पटक निराश भए पनि ‘आज नभए भोलि त होला’ भन्ने आश छाडेनन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा समेत हाँसो जोगाइराखे ।
पहिलो संविधान सभामा बसेको संविधानको गर्भ तुहियो । आँट कायम रह्यो । दोस्रो संविधान सभाको निर्वाचनमा ‘अब त होला’ भन्ने आशमा उत्साहित हुँदै सहभागी भए ।

२०७२ असोज ३ मा संविधान जारी भयो र सँगै छिमेकी भारतको अवरोध पनि चुलियो । चुल्हो बल्न छाडे पनि हिम्मत हारेनन्, नेपाली डटिरहे । संविधान त जारी भयो तर पाइला सार्न तीन तहको निर्वाचन आवश्यक थियो। राजनीतिक चक्रव्यूह घुमिरह्यो। प्रधानमन्त्रीको कुर्सी म्युजिकल चेयर बन्दा पात्र बदलिइरहे। एक वर्षमा तीन प्रधानमन्त्री भए। तापनि आश मारेनन् र नागरिकले आश गरिरहे– ‘एक दिन त सुध्रिएलान् नि १’

मधेसको असन्तोष, छिमेकीको छिर्के र अनेक बाधा अवरोधकाबीच नेतृत्व मुख्य दायित्वमा अडिँदा असम्भव ठानिएको तीनै तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । दलको उपस्थितिमा फेरबदल हुँदा दलगत कार्यकर्ताको मुहार मुर्झाउने र हौसिने त भयो नै तर नागरिकको मुहारमा हाँसो फैलिरह्यो ।

‘२०७४ राजनीतिक क्षेत्रका लागि निकै उपलब्धिपूर्ण रह्यो,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘यो नेपाली समाजका लागि खुसीको पाटो हो । समग्रमा २०७४ आशालाग्दो वर्षको रह्यो ।’

समृृद्धिको यात्रा
‘यतिञ्जेल राजनीतिक अस्थिरता भएका कारण अर्थतन्त्र खस्किएको थियो। यस वर्ष आर्थिक दृष्टिकोणले पनि रामै्र भएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन्, ‘अब पक्कै पनि देशको अर्थतन्त्र सुध्रने छ । लगानीहरु बढ्ने छन् ।’

जनमत स्थिर छैन । हरेक चुनावमा मतदाता यसले त गर्ला कि भन्दै परीक्षण गर्छन् । २०७४ मा आकस्मिक रुपमा बनेको कम्युनिस्ट गठबन्धनको पक्षमा मतदाता उभिएर बहुमत दिए । ‘कम्युनिस्टले जिते रुन पाइँदैन’ भन्ने सिद्दान्तले काम गरेन ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिएसँगै बलियो बहुमत सहितको सरकार बन्यो । सपनाको फेहरिस्त पस्कदै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेसँगै उनले समृद्ध नेपाल खुसी नेपालीको परिकल्पना बाँड्दै हिँडेका छन् ।
राणाकाल, पञ्चायत र राजतन्त्रसँगको स्वतन्त्रताको लडाइँसँगै संघीय गणतान्त्रिक मुलुकमा प्रवेश गरेकाले अबको यात्रा समृद्ध नेपाल रहेको उनले बारम्बार दोहोर्याउने गरेका छन् । उनको योजनाका फेहरिस्त कार्यान्वयनको तहमा सहज छैन तर आम नागरिक अचाक्ली सकारात्मक छन्, उनीप्रति ।

सत्ताधारी दल मात्रै हैन सत्ताधारीबाट प्रमुख प्रतिपक्षीको सिटमा पुगेको नेपाली कांग्रेसका नेतासमेत २०७४ लाई समृद्धिको यात्रा सुरु भएको वर्षको रुपमा विश्लेषण गर्छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ०७४ लाई महŒवपूर्ण वर्षको रुपमा विश्लेषण गर्दै ‘संविधान कार्यान्वयन सुरुवाती चरणका सबै तहको चुनाव सम्पन्न हुनु उपलब्धिपूर्ण रहेको र समृद्धिको यात्रा ०७४ बाटै सुरुवात भएको’ बताउँछन् ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलसमेत विकास र समृद्धिको युगको थालनी भएको वर्षको रुपमा ०७४ लाई विश्लेषण गर्छन् ।

गुटगत स्वार्थमा जेलिँदा सात प्रदेशमा महिला मुख्यमन्त्री शून्य भए पनि तीनै तहको निर्वाचनमार्फत् नीति निर्माण र नेतृत्व तहमा महिला, सीमान्तकृत समुदायका प्रतिनिधिको संख्या बढ्यो ।

शुभ लक्षणको सूचक
नेतृत्वको कमजोरीले सुरक्षा संगठन र न्यायपालिका केही धर्मराए पनि साहित्य, चलचित्र, स्वास्थ्य क्षेत्रमा आशालाग्दो प्रारम्भ देखियो । साहित्यमा आशालाग्दा नयाँ मुहारको प्रवेश पनि भयो ।

समीक्षक राम लोहनीको विश्लेषणमा आम जनसमुदायमा र विशेष गरी नयाँ पिँढीमा पठन संस्कृति बढ्दैछ । विश्वभरि छरिएर रहेका नेपाली समुदायबाट पनि नेपालीमा लेखिएका कृतिको माग बढ्दै गएको छ ।

‘पाठकको दायरा बढ्नु शुभलक्षणको सूचक हो,’ उनको विश्लेषण छ, ‘बढ्दो प्रतिस्पर्धा र नवलेखकहरूको प्रवेशका कारण पनि लेखनमा फरक स्वाद पाउने सम्भावना बढेको छ ।’

चलचित्रमा अनुपम शर्मा जस्ता भर्सटायल एक्टरको दमदार प्रवेश यसै वर्ष भयो । यौन हिंसाविरुद्ध हलिउडमा मिटू अभियान चल्दा नेपाली कलाकर्मी मौन थिए । गायिका एन्जीला रेग्मी, मीना सिंह, सुशीला पाठक, सरु गौतम र प्रविशा अधिकारीले अवसरको प्रलोभनमा केही संगीतकारबाट हुने यौन दुव्र्यवहारको खुलासा गरेर सांगीतिक क्षेत्रमा सकारात्मक तरंगको प्रवेश गराए ।

आशा गरेअनुसार चलचित्र क्षेत्रमा गुणात्मक वृद्धि नदेखिए पनि आर्थिक रुपमा भने सबल देखियो । राम्रो फिल्म बनाउने हो भने दर्शकले नेपाली फिल्मी क्षेत्रलाई माया मारिनसकेको देखियो यही साल । ‘तान्द्रो’, ‘गाँजाबाजा’, ‘देश खोज्दै जाँदा’ले स्तरीय फिल्मको खडेरीबाट जोगाए ।

चाह्यो भने राम्रा काम हुनसक्छ भन्ने पुष्टि गरे गगन थापाले । स्वास्थ्य मन्त्रीका रुपमा उनले नीतिगतलाई बलियो बनाएर गुणस्तरीय स्वास्थ्य सुविधाको आशमा रहेका आम नागरिकलाई ढाडस दिए । अनियमितताका ठूला घटना सार्वजनिक गरेर ‘सरकारी फोहोर’ तह लगाउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका निभाए यो वर्ष ।

‘सञ्चारमाध्यमले यो साल निकै राम्रो कभरेज र राम्रो विषयकोे उठान तथा नराम्रो पक्षको विरोध गरे,’ मानवशास्त्री ढकालले भने, ‘यो भूमिका देश र समाजका लागि राम्रो रह्यो ।’

सपनाको यात्रा
सम्पन्न र विकसित नेपाल आम नागरिकको सपना हो । सार्वजनिक भएका सरकारी प्रतिबद्धताले ढुक्क बनाउन नसके पनि आशावादी भने बनाएको छ । कोही भोकै मर्न नपर्ने, जाडोले कसैको ज्यान नजाने प्रधानमन्त्रीको प्रतिबद्धताले झुप्रोसम्म आशा पु¥याएको छ ।

सुलुलु गुड्ने रेल, सुविधा सम्पन्न विद्यालय, धुलो र धुँवामुक्त व्यवस्थित सहरको परिकल्पनाले महलबासी मक्ख छन् । २०७४ ले मुस्कान ल्यायो । ०७५ मा यो मुस्कान फैलिएला ? शुक्रवार साप्ताहिकबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण