ताजा खबर

निर्मला हत्याको छानविनबाट अलगिए उपसचिव केसी

RadioTaplajung

निर्मला हत्याको छानविनबाट अलगिए उपसचिव केसी
भदौ २६ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् । केसीले भने,’निर्मलाको न्यायका लागि नै मैले राजीनामा दिएको हुा । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो ।’

गृहमन्त्रालयले सह(सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पााच सस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । समितिले स्थगत अध्ययन सकाएपनि प्रतिवेदन बुझाएको छैन ।

प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै आए । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’

उनले घटनाको छानबिनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउने अठोटसँगै आफू क्रियाशील रहेकाले ज्यान जोखिममा रहेको भन्दै सुरक्षा समेत माग गरेका छन् । अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले