ताजा खबर

“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड

RadioTaplajung

“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड
भदौ २८ गते । फिल्मकर्मीहरूले एकातिर फिल्मकर्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग गर्दै आइरहेका छन् भने अर्कातर्फ बोर्ड स्वेच्छाचारी बन्दै जान थालेको आरोप पनि लगाइरहेका छन् ।

चलचित्र दर्तादेखि जाँचपासका लागि स्वीकृति प्रदान गर्नेसम्मको अधिकार बोकेको बोर्ड पछिल्लो समय दायराबाहिर जान थालेको तिनको तर्क छ ।

राजकुमार राई अध्यक्ष रहँदा बोर्डले गणेशदेव पाण्डे निर्देशित ‘गाजाबाजा’ फिल्मको नाममा आपत्ति जनाउँदै जाँचपासका लागि अनुमति दिन नमान्दा विवाद उत्पन्न भएको थियो । राईले नाममा पहिले राखिएको ‘गाँजा’ शब्दमा अडको थापेर लामो समय सेन्सरमा अड्काएका थिए । उनै राईले आफ्नो कार्यकालमै युटयुबमा राखिने नेपाली कन्टेन्टमा सेन्सर लगाउने अभिव्यक्ति दिएका थिए ।

थ्बmबजब

यति बेला आएर बोर्डले ‘कथा काठमाडौं’ फिल्मको प्रोमोलाई अश्लील भन्दै हटाउन निर्माण पक्षलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित ब्यानरलाई सम्बोधन गर्दै ‘कथा काठमाडौं’ को प्रोमो युटयुबमा अश्लील दृश्यसहित प्रदर्शन भइरहेकोले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनिएको छ, ‘यस प्रकारको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकोले यथाशीघ्र प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेस गर्न जानकारी गराइन्छ ।’

‘कथा काठमाडौं’ को आधिकारिक कन्टेन्ट प्रवाह गर्ने युटयुब च्यानल हाइलाइट्स नेपाल भए पनि बोडले उक्त पत्रमा वेभ लिंकसहित उल्लेख गरेको कन्टेन्ट भने अनधिकृत रूपमा राखिएको दृश्य सामग्रीको हो ।

‘कन्टेन्ट अरू कसैले तानेर हाल्छ भने त्यसको जिम्मेवारी हाम्रो फिल्मले लिन सक्दैन,’ ‘कथा काठमाडौं’ की निर्देशक संगीता श्रेष्ठले बोर्डको पत्रमा आपत्ति जनाउँदै भनिन्, ‘चिठी नै नपठाए पनि अश्लीलताका मामिलामा हामी फिल्ममेकर पनि आफैंमा जिम्मेवार हुन्छौं । त्यसमाथि युटयुबले पनि अपलोड गरिने भिडियोलाई सेन्सर नै गरेको हुन्छ । त्यत्रो मर्यादित संस्थाले मैले गर्दै नगरेको गल्तीका लागि कारबाही गर्न मिल्छ रु’

अश्लील भन्ने आधारमाथि प्रश्न तेस्र्याउँदै श्रेष्ठले थपिन्, ‘बरु आपत्तिजनक हुन सक्ला । तर अश्लील भन्ने आधार के छ रु जब कि उक्त प्रोमो हलमा समेत बजिरहेको छ ।’

बोर्ड अध्यक्ष पौडेलले भने आफूलाई सञ्चार मन्त्रालयबाटै कारबाही गर्न आदेश पत्र आएपछि बाध्य भएको कान्तिपुरसँग बताइन् । ‘प्रोमो अश्लील भएको सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट सञ्चार मन्त्रालय हुँदै बोर्डलाई कारबाही गर्नू भन्ने बेहोराको ठाडो पत्र आएको हो,’ पौडेलले युटयुबमा राखिने सामग्रीलाई नियमन गर्ने क्षेत्राधिकार बोर्डसमक्ष नभएको उल्लेख गर्दै भनिन्, ‘बोर्डलाई अप्ठयारो भयो ।

मन्त्रालयले बोर्डलाई हात बाँधिदिएर टेबलमा राखिएको खाना खा भने जस्तो गरेको छ ।’ पौडेलले मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्डका सदस्यसचिवलाई कारबाही के गर्न सकिन्छ भनेर सोध्दा ‘बोर्डले फिल्म निर्माण इजाजत दिन सक्छ भने खारेज पनि गर्न सक्छ’ भन्ने जवाफ पाएको खुलाइन् ।

राजधानीका तीन प्रतिनिधि कथालाई बुनेर निर्देशक श्रेष्ठले नै लेखेको कथामा बनेको ‘कथा काठमाडौं’ मा समावेश एउटा गीत ‘रातका कुरा।।।’ र प्रोमोमा समावेश गरिएका केही अन्तरंग दृश्यले यति बेला विवाद निम्त्याएको हो । उक्त दृश्यमा प्रमोद अग्रहरी र प्रियंका कार्की फिचरिङ छन् । यौन पिपासु चरित्रका रूपमा फिल्ममा चित्रण गराईएका प्रमोदले प्रियंकाको इच्छाविपरीत उनीसँग सम्बन्ध राखेका दृश्यलाई विम्बात्मक रूपमा देखाइएको छ ।

‘देशकै नम्बर एक नायिकामा गनिएकी प्रियंकाले त्यत्तिकै यो रोल गरिन् होला त रु’ निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा भनिन्, ‘के उनलाई आफ्नो करिअरको चिन्ता छैन होला रु मलाई उनको चिन्ता छैन होला रु मैले आफूले चाहेको घरेलु हिंसाविरुद्धको विषयवस्तुमा फिल्म बनाउन किन नपाउने रु’

‘कथा काठमाडौं’ कै ती दृश्य एउटा पोर्न साइटमा समेत अपलोड भएपछि फिल्मको डिजिटल पार्टनर हाइलाइट्स नेपालले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई अनधिकृत अपलोड गर्नेविरुद्ध कारबाहीको माग गर्दै एक महिनाअघि नै निवेदन दिएको थियो । रजिस्ट्रारको कार्यालयले सोही दिन महानगरीय प्रहरी परिसर, टेकुलाई कारबाहीका लागि पत्राचार गरेको थियो ।

‘फिल्मका दृश्यलाई गलत ढंगले प्रयोग गरिँदा हामी आफैं पीडित भई गुहार मागिरहेको अवस्थामा बोर्डको पत्रले घाउमा नुन छर्कने काम गरिदिएको छ,’ निर्देशक श्रेष्ठले दुस्खेसो पोखिन् ।

बोर्ड अध्यक्ष पौडेलले भने कारबाहीका लागि बल बोर्डको कोर्टमा आए पनि त्यसलाई सेन्सर बोर्डको जिम्मा लगाउन चाहेको बताइन् । भनिन्, ‘बोर्डको पत्रको जवाफ ‘कथा काठमाडौं’ बाट आइसकेकाले त्यसलाई मन्त्रालयमा जानकारी गराइसकिएको छ । मन्त्रालयबाट के आदेश आउँछ, नत्र बोर्डले चलचित्र जाँचपासको क्रममा हेरेर कारबाही चलाउन सेन्सरलाई नै जिम्मा दिनेछ ।’

‘कथा काठमाडौं’ असोज १२ मा प्रदर्शन हुँदै छ । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण