ताजा खबर

अनेरास्ववियुले नै दियो सरकारलाई २४ घण्टे अल्टिमेटम : शनिबार दिउँसोसम्म एसपी बिष्टलाई पक्राउ गर्न माग

RadioTaplajung

अनेरास्ववियुले नै दियो सरकारलाई २४ घण्टे अल्टिमेटम : शनिबार दिउँसोसम्म एसपी बिष्टलाई पक्राउ गर्न माग
भदौ २९ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेको छ ।

काठमाडौंको सरस्वती क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेको हो । प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्टलगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई बाहिर राखेर नभई गिरफ्तार नै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताउनुभयो ।

यस्तै, हत्या, हिंसा, बलात्कार लगायत अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै नयाँ शक्तिले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले