ताजा खबर

सलोन बस्नेतलाई ‘ए मेरो हजुर ३’ फाप्ला त ?

RadioTaplajung

सलोन बस्नेतलाई ‘ए मेरो हजुर ३’ फाप्ला त ?
 भदौ ३० गते । केही समय अघि मात्र चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको थियो ।

पोखराको विन्दावासिनी मन्दिरमा अभिनेता अनमोल केसी अभिनेत्री तथा निर्देशक झरना थापा, उनकी छोरी सुहाना थापालगायतले चलचित्रको शुभमुहूर्त गरेका थिए । यसैबीच चलचित्र ‘ए मेरो हजुर ३’मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । सुपरस्टार अनमोलको साथमा उनी तेस्रो पटक देखिन लागेका हुन् । चलचित्र क्षेत्रमा सलोनको अचम्मखाले क्रेज छ । जब उनी लिड रोलमा नायकका रुपमा प्रस्तुत हुन्छन् त्यस चलचित्रलाई दर्शकले त्यति रुचाएका छैनन् ।

तर उनलाई सह–नायकको भूमिका भने अत्यन्तै फाप्ने गरको छ । उनले सह–नायकका रुपमाकाम गरेका चलचित्रहरुले भने सफलता नै हात पारेका छन् । अझ आश्चर्यजनक कुरा त के छ भने उनको अभिनयलाई नै दर्शकले अत्यन्तै रुचाउने गरेका छन् । विशेष त कमेडी जनराका चलचित्रहरुमा उनलाई रुचाइएको छ ।

उनको अभिनयका कारण लिड हिरो नै छायाँमा पर्ने गरेका छन् । ‘ए मेरो हजुर’ को दोस्रो सिरीजले यसको उदाहरण प्रस्तुत गरिसकेको छ । ‘ए मेरो हजुर २’ मा सलोनको कामलाई चौतर्फी प्रशंसा मिलेको थियो । ‘ए मेरो हजुर ३’पनि सलोनलाई अनुबन्ध गर्नुको मुख्यकारण दोस्रो सिरिजमा गरेका कामको प्रशंसा नै रहेको निर्माता सुनिलकुमार थापाको भनाई छ ।

असोज पहिलो साताबाट औपचारिक रुपमा चलचित्रको छायांकन सुरु हुने बताइएको छ । यही चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यू गरेकी छन् । उनी चलचित्रमा नायक अनमोल केसीकी प्रेमिकाका रुपमा प्रस्तुत हुनेछिन् । सुनिलकुमार थापाको निर्माणमा बन्न लागेको चलचित्रको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको रिलिज डेट चैत्र २९ गते तोकिएको छ । रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड बनि सकेको छ ।


‘ए मेरो हजुर ३’ मा अनमोल एक  सुपरस्टार गायकको भूमिकामा देखिन लागेको बुझिएको छ । त्यस सगै सुहाना भने उनलाई मनै बाट चाहने एक फ्यानको रुपमा प्रस्तुत हुनेछिन् । एक सुपरस्टार गायक र फ्यानबीचको प्रेम र त्यसबीचमा हुने उतारचढाव नै चलचित्रको मुख्यकथा बस्तु रहेको बुझिएको छ ।

–उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण