ताजा खबर

दुई सय ऋणले एक वर्ष जेल

RadioTaplajung

दुई सय ऋणले एक वर्ष जेल
श्यामसुन्दर शशि,जनकपुर,असोज १ गते । मुलुकमा नयाँ अपराध संहिता आएपछि लेन–देन मुद्दामा सजिलो हुने विश्वास गरिएको बेला धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएका छन् ।
आफ्नो समस्या सुनाउन शनिबार आयोजित पत्रकार सम्मेलनमा राधाकृष्ण खंग । तस्बिर स् श्यामसुन्दर शशिरकान्तिपुर
जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग ९खत्वे० आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए।

थ्बmबजब
‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए। पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे,’ खंगसंगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए।

मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्‍याउन गाउँका सातजना दलितसँगै आएका थिए। ‘हामी स्नान र पुजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं। भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं,’ उनले भने।

पत्रकार महासंघ धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए। ‘प्रहरी पटक–पटक घरमा जान्छ। परिवारका महिला, पुरुषलाई धम्काउँछ। घर परिवारका सदस्यहरुलाई दुस्ख दिनुको सट्टा जेलमै बस्छु,’ उनले भनेका थिए।
पत्रकार सम्मेलनमा सहभागी हुन नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालय जादै राधाकृष्ण खंग तथा निजका गाउँलेहरु। तस्बिर स् श्यामसुन्दर शशिरकान्तिपुर

प्राप्त जानकारी अनुसार राधाकृष्ण खंगले गाउँकै बिक्रु भन्ने विक्रम यादवसँग २०४६ साल श्रावण १५ गते घर खर्चको लागि १ हजार ऋण लिएका थिए। स्थानीय चलन अनुसार महाजन यादवले उनीसँग मूलधनको तीन गुणा ९३ हजार० को कपाली तमसुक बनाए। ऋण लिएको ९ महिना पछि २०४७ साल जेठ ९ गते उनले ८ सय बिक्रु महाजनलाई फर्काए।

खंगका अनुसार बाँकी रहेको २ सय मूलधन तथा २ सय ७० रुपैयाँ ब्याजको गरी कुल ४ सय ७० रुपैयाँको सावा र ब्याज गरी २०४९ साल भदौ १५ गते २९ हजार मुलधन राखी अर्को कपाली तमसुक बनाइयो। २०६३ साल पुसमा जिल्ला अदालत धनुषाले उक्त रकमको सावा व्याज गरी १ लाख ६५ हजार बिगो भराउने फैसला सुनाएको थियो। झण्डै १० वर्षसम्म फैसला कार्यान्वयन हुननसके पनि उक्त मुद्दामा खंग आइतबार जेल चलान भएका हुन्। प्राप्त जानकारी अनुसार हाल उनले ३ लाख अधिक भुक्तान गर्नुपर्ने भएको छ।

राधाकृष्ण खंगका अनुसार लेनदेन मुद्दा छिनोफानो गर्न गाउँमा पटक–पटक पञ्चायती बसे पनि महाजन विक्रम यादवले समझौता गर्न मानेनन्।

‘गाउँका भद्र–भलादमीहरुले ९० हजार लिएर लेनदेन मुद्दा मिलापत्र गर्न फैसला सुनाएका थिए। मैले आफ्नो चार थान भैंसी र १० धूर जग्गा बिक्री गरेर पैसाको जोहो गरें। तर विक्रम यादव मानेनन्,’ खंग पत्रकार सम्मेलनमा भनेका थिए।

रिक्सा चलाएर जीवनयापन गर्ने खंगको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन्। विवाह पछि दुवै छोरी ससुरालमा छन्। दुवै छोरा अ–आफ्ना परिवारसहित छुट्टै बस्छन्। ‘म गरीब जेल गए पछि, मेरी बिमारी श्रीमतिको हेरचाह कसले गर्नेरु’ भावुक हुँदै खंगले भनेका थिए।

यता महाजन विक्रम यादवका छोरा विकास यादवले राधाकृष्ण खंगले झुठो बोलेको आरोप लगाएका छन्। खंग खेत किन्न भनि निजको बुबासँग ३ हजार ऋण लिएको तथा कहिल्यै पनि रकम नफर्काएको प्रतिक्रृया दिए।

उनले भने, ‘दुई सय रुपैयाँको १ लाख ६५ हजार कसैले, कसरी लिन्छरु राधाकृष्ण झूठो आरोप लगाउँदै छ।’ खंगले नै ग्रामीण पञ्चायतीलाई नमानेको आरोप विकासको छ। स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,