ताजा खबर

पाथीभरा र कंञ्चनजंघा सिजनमा सुकेटार विमानस्थल बन्द

RadioTaplajung

पाथीभरा र कंञ्चनजंघा सिजनमा सुकेटार विमानस्थल बन्द
देवराज गुरुङ,असोज १९ गते । तीन महिनादेखि बन्द सुकेटार विमानस्थलमा नियमित उडानको टुङ्गो अझै लागेको छैन् । असारदेखि बन्द काठमाडौ–सुकेटार उडानको टुङ्गो नहुँदा सेवा उपभोग गर्नबाट बञ्चित त भएका छन नै व्यवसायिक रुपमा जिल्लाबासी मर्कामा परेका छन् । पाथीभराको दर्शन गर्ने,दशैमा आवतजावत गर्ने तथा कंञ्चनजंघाको भ्रमणका लागि पर्यटक आवगमनको समेत सिजन भएपनि उडान टुङ्गो नहुँदा जिल्लाबासीले क्षति व्यहोर्नुपरेको छ ।

मेवाखोला हिल रिसोर्ट संञ्चालक सुरेश लिम्बुले भने,“समय बचत हुने भएकाले प्राय उडेर (जहाजमा) आउने चाहाना हुन्छ । तर उडान टुङ्गो नहुँदा सबैभन्दा बढि क्षति होटल व्यवसायीलाई पर्छ ।” जहाज नियमित उडान भएको हुदो हो त सदरमुकामका होटल असोज–कात्र्तिकमा भरिभराउ हुने संञ्चालक लिम्बुको अनुभव छ । पाथीभरामा दर्शन र कंञ्चनजंघामा घुमफिर (टे«किङ) गर्न स्वदेशी तथा विदेशीको रोजाई भएपनि हवाई सेवा बन्द हुँदा समग्र क्षति जिल्लाबासीले ब्होर्नुपरेको पर्यटन व्यवसायी हर्कराज गुरुङले बताए । गुरुङले भने,“हवाई सेवा भरपर्दो भए पर्यटक आवागमन बढ्थ्यो । चियापसलदेखि होटल र भरियाले पनि काम पाउँथे । यातायात सेवा नहुँदा कसरी पर्यटन प्रबद्र्धन कसरी हुन्छ ?”

प्रतिनिधिसभा सांसद योगेश कुमार भट्टराईसहितको टोलीले पनि मंगलबार नेपाल वायू सेवा निगम कार्यालयमा पुगेर हवाई सेवा तत्काल संञ्चालन गर्न माग गरेका छन् । निगमका संञ्चालक समिति अध्यक्ष मदन खरेलले भएका तीन वटा जहाज विग्रिएकाले मर्मतपछि तुरुन्त उडान तालिका सार्वजनिक गरि उडान गर्ने जानकारी दिए । अपरेटिङ इन्चार्ज रविन्द्र शेरचनले संम्भवत यो हप्ताभित्र जहाज मर्मत हुने र अर्को हप्ताभित्रमा उडान गर्ने जानकारी दिए । सांसद भट्टराईले भने,“धावनमार्ग कालोपत्रे छ । यात्रु उपलब्ध छन् । तर नियमित उडान गर्न नहुँदा पर्यटन प्रवद्र्धनमा समस्या हुन्छ ।”  

गत चैतदेखि उडान स्थगित गरेको समिट एयरले पनि गएको सोमबारदेखि काठमाडौ–ताप्लेजुङ उडान गर्ने भनेतापनि उडान स्थगित गरेको थियो । समिटका जिल्ला प्रतिनिधि प्रकाश लामाले भने,“मौसम प्रतिकुल बन्यो । अब हप्तामा एक दिन मंगलबार उडान गर्छौ ।” काठमाडौ–ताप्लेजुङ दुईतर्फी यात्रु उपलब्ध भएपनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको प्रतिनिधि लामाले स्विकार गरे । उडानका लागि बुकिङ खुला भएको उनले बताए । शेर्पाका अनुसार ७ हजार ६ सय एकतर्फी भाडादर तोकिएको छ । काठमाडौंबाट १६ जना र ताप्लेजुङबाट १८ जना यात्रु उडान गर्न सक्ने बताइएको छ । तीन वर्षअघि धावनमार्ग कालोपत्रे गरिए पनि सुकेटारमा नियमित उडान हुन सकेको छैन । सुकेटारमा समिट सहित नेपाल वायु सेवा निगम र गोमा एयरले उडान भरेका थिए ।
 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,