ताजा खबर

पाथिभरा दर्शन गरी फर्कने क्रममा दर्शनार्थीको मृत्यु

RadioTaplajung


बैशाख २, २०७५ ताप्लेजुङ / प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा एकजना तीर्थयात्रीको बाटैमा मृत्यु भएको छ। पनौती नगरपालिका काभ्रेका ५८ वर्षीय रामहरि खत्रिको मृत्यु भएको हो। आइतबार बिहान पाथिभराको दर्शन गरी फर्कने क्रममा माथिल्लो फेदीमा आइपुग्दा स्वाश प्रस्वाशको समस्या भएको र सोही स्थानमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ। मृतक आफ्नी श्रीमती, दाजुलगायतको पारिवारिक टोलीसँगै पाथिभरा दर्शनका लागि आएका थिए। शवलाई काभ्रे लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। यो सिजनमा पाथीभरा मन्दिरमा नेपालसँगै भारत, बंगलादेशलगायतका देशका तीर्थालुको घुइँचो लाग्ने गर्छ। पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा छ।स्रोतःthahakhabar

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा