ताजा खबर

इस्तानबुलबाट साउदी पत्रकार खशोग्गी वेपत्ता भएको विषय थप पेचिलो बन्दै

२३ असोज । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले साउदी पत्रकार जमाल खशोग्गी वेपत्ता हुनुअघि आफ्नो देशको वाणिज्य दूतावासबाट निस्किएको भन्ने दाबीको प्रमाण पेश गर्न चुनौति दिएका छन् । खशोग्गीले इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावास छोडेको भनेर त्यहाँका अधिकारीले आफैंलाई बचाउन नसक्ने उनको भनाई थियो । अन्तिम पटक उनी इस्तानबुलस्थित आफ्नै देशको वाणिज्य दूतावासमा देखिएका थिए । टर्कीले खशोग्गीको दूतावासभित्रै हत्या भएको समाचार सार्वजनिक भएपछि साउदी वाणिज्य दूतावासभित्र खोजी गर्न आग्रह गरेको छ । साउदी अरबले भने दाबी अस्वीकार गरेको छ । टर्कीका अधिकारीहरुले अनुसन्धानकर्ताहरुसँग हत्याका सम्बन्धमा ठोस प्रमाण रहेको जिकिर गरेका छन् । यसअघि साउदी राजकुमार मोहम्मद विन सलामले लुकाउनु पर्ने कुनै कुरा नभएको भन्दै छानबीनको स्वागत गर्नु भएको थियो । टर्कीले उनको हत्या त्यहीं गरिएको र त्यसपछि शव हटाइएको दाबी गरेको छ । साउदी राजकुमार बिन सलमानका आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । विवाह दर्ताका लागि उनी दूतावास गएको बताइन्छ । वासिंटन पोष्टका लेखक उनी यसअघि अलवतन पत्रिका र केही समय साउदी टेलिभिजन न्यूज च्यानलका सम्पादक र बीबीसीमा समेत काम गरिसकेका छन् । टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा खशोग्गीको हत्या गराइएको पुष्टि भए दुई मुलुकबीचको सम्बन्ध चिसिने विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल