ताजा खबर

गूर्जा हिमालमा बेपत्ता ९ जनाकै शव भेटियो, सङ्कलन गरिएको शवलाई काठमाडौं लैजाने तयारी

RadioTaplajung


गूर्जा हिमालमा बेपत्ता ९ जनाकै शव भेटियो, सङ्कलन गरिएको शवलाई काठमाडौं लैजाने तयारी
 असोज २८ गते । म्याग्दी – पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१ गूर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकहरुको शव भेटिएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत आइतबार बिहान खोजी गरी मृतक ९ जना पर्यटकहरुको शव सङ्कलन गरेर गूर्जा गाउँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

५ जना कोरियाली र ४ नेपालीसहित ९ जनामध्ये ८ जनाको शव काठमाडौं ल्याउने तयारी भैरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार एकजना स्थानीयको शव पोष्टमार्टमका लागि जिल्ला ल्याउने तयारी भैरहेको छ भने मृतक पर्यटकहरुको पहिचान खुल्न बाँकी नै रहेको छ ।

दक्ष जनशक्ति र उपकरण नहुँदा तथा समय अभावका कारणले गर्दा शनिबार बेपत्ता पर्यटकको शव देखिए पनि उद्धार गर्न सकिएको थिएन । खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना मृतकको शव सङ्कलन गर्न समस्या भएको थियो । बेपत्ता भएकाहरुको खोजीका लागि गूर्जा गाउँबाट १६ जना स्थानीय शनिबार घटनास्थल पुगेका थिए । गूर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पाँच घण्टाको दुरीमा रहेको छ ।

७ हजार १९३ मिटर अग्लो गूर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको अनुमान गरिएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको थियो । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको बताइएको छ ।

हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गूर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।

२०७२ सालमा पनि दसैं तिहारको समयमा अचानक आएको हुदहुद नामक आँधीका कारण धौलागिरी आधारशिविर गएका पर्यटकले ज्यान गुमाएका थिए । यता अन्नपूर्ण पदमार्ग र हिमाली जिल्ला मुस्ताङ र मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत हुदहुद आँधीको सामना गर्नुपरेको थियो ।

सरोकारवाला नियकाले पर्यटकीय आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नगर्दा हिमालको आधारशिविरमा जाने पर्यटकहरुलाई समस्या हुने गरेको छ । आधारशिविरसम्म पुग्ने उपयुक्त पदमार्ग नहुनु, सङ्केतका बोर्डहरु नराखिनु र बास बस्ने ठाउँकोसमेत पहिचान नहुँदा हिमाल आरोहणमा जाने पर्यटकहरु मृत्युको मुखमा पुग्ने गरेका छन् । गूर्जा हिमालको आधारशिविर र धौलागिरी हिमालको आधारशिविरमा पर्याप्त मात्रामा यार्सागुम्बालगायत महत्वपूर्ण जडिबुटीहरु समेत पाइन्छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले