ताजा खबर

“ताप्लेजुङ डान्स स्टार सिजन २” का प्रतिष्प्रधीहरुले गरे खुला भोट अपिल

RadioTaplajung


दोखु युवा क्लबद्धारा ताप्लेजुङमा जारी “ताप्लेजुङ डान्स स्टार सिजन २” का प्रतिष्प्रधीहरुले आज सदरमुकाममा खुला भोट अपिल गरेका छन ।

 

चौथो अडिसनबाट फाईनलका लागी छनौट भएका टप १२ फाईनल प्रतिस्प्रधीहरुले जिल्लाको तोक्मे स्थित खुला मैदानमा कार्यक्रम गर्दै सार्वजनिक रुपमा भोट  अपील गरेका हुन ।

प्रदेश नंं १ कै सर्वाधिक पुरस्कार राशि दावी गरीएको “ताप्लेजुङ डान्स स्टार सिजन २” को फाइनल यहि कार्तिक २० गते हुने कार्यक्रम संयोजक क्षितीज सुनुवारले जानकारी दिनुभयो ।

फाईनलमा र्यापर तथा गायक आशिस राना ९लाउरे०, गायिका मिना निरौला, गायक डिजराज पौडेल, डान्सर रविन भुजेल, हास्य कलाकार भरतमणी पौडेल लगायतका राष्ट्रीय कलाकारको उपस्थिती रहने आयोजकको भनाई छ ।

सो प्रतियोगितामा प्रथम हुनेले २ लाख मुल्य बराबरको स्कुटर, द्धितीय हुनेले ५० हजार मुल्य बराबरको ल्याप्टप र तेस्रो हुनेले २५ हजार मुल्य बराबरको मोबाईल फोन साथै प्रमाण पत्र प्राप्त गर्नेछन । स्रोत : रेडियो तमोर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण