ताजा खबर

छक्का पञ्जाले १ सय १८ दिनमा गरेको व्यापारको रेकर्ड ‘छक्का पञ्जा(३) ले १७ दिनमै तोड्यो

RadioTaplajung

छक्का पञ्जाले १ सय १८ दिनमा गरेको व्यापारको रेकर्ड ‘छक्का पञ्जा(३) ले १७ दिनमै तोड्यो
 कात्तिक ११ गते । छक्का पन्जा ३ दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो ।

चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उस्तै व्यापार गरिरहेको छ ।

हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौं चलचित्र बजारको व्यापारमा यो ब्यानरले सनसनी नै मच्चाउने गरेको छ ।

जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।

फूलपातीबाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आएसँगै यो चलचित्रको व्यापार ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन ।

छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको छ ।

चलचित्र रिलिज भएको १८ औं दिनसम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले काठमाडौं उपत्यकामा मात्र करिब ८ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यस्तै काठमाडौं उपत्यका बाहिरको १७ औं दिनसम्मको व्यापार करिब ७ करोड ९० लाखभन्दा माथि भएको बुझिएको छ ।

उपत्यकाबाहिर र भित्र दुवैको व्यापारलाई जोडेर हेर्दा १० गतेसम्ममा चलचित्रले करिब १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ ।

यसलाई हेर्दा चलचित्र छक्का पञ्जा ३ ले आफ्नै ब्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड समेत ब्रेक गर्न सफल भएको छ ।
यसअघिको चलचित्र छक्का पञ्जा ले ११८ दिनमा बनाएको रेकर्ड छक्का पञ्जा ३ ले १७ दिनमा नै तोडेको छ ।

यसै अवस्थामा चलचित्रले व्यापार गरेको खण्डमा  करिब २० लाखभन्दा माथि व्यापार गर्नेमा आशावादी रहेको निर्माता गिरीले बताउनुभयो ।

अघिल्ला चलचित्रहरुलाई विषयवस्तुमा दोषी देखाउने गरिएको थियो । चलचित्रले कुनै सन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो ।

तर यसपटक चलचित्रमा उठान गरिएको कथा वस्तुलाई दर्शकले राम्रो रुचाएका छन् । जसका कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको हो ।

दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसार्इं, नीर शाह लगायतका कलाकारहरुको  मुख्य भूमिका रहेको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण