ताजा खबर

पाश्र्व गायनबाट गोजीमा दामैदाम

RadioTaplajung

पाश्र्व गायनबाट गोजीमा दामैदाम
कात्र्तिक १५ गते । फिल्मी गीतको चर्चा र कमाइ राम्रै हुन्छ अचेल । पाश्र्व गायनमै धेरै संगीतकर्मी जमिरहेका छन् ।

सुगम पोखरेल, अञ्जु पन्त, शिव परियार, मेलिना राई, मिलन अमात्य, बिन्दु परियार लगायत गायकगायिका आफ्ना सिंगल ट्रयाकभन्दा फिल्मका गीतमा बढी व्यस्त छन् । पप विधाबाट पाश्र्व गायनमा लागेका सुगम र आधुनिक विधामा स्थापित अञ्जुलाई फिल्मले नै युगल गायनको अवसर दिलाइरहेको छ । अहिले यी दुईको आवाज रुचाइएको छ पनि ।

मेलिना राई फिल्म र फिल्मइतर गायन दुवैमा उत्तिकै सक्रिय छिन् । दुवैतिर गाउन रमाइलो हुने उनको अनुभव छ । ‘फिल्ममा गाउँदा आफू पात्र भएर गाउनुपर्छ,’ उनले भनिन्, ‘पात्रको मुडअनुसार गाउनुपर्छ । एल्बमका गीतमा पात्र बनिरहनुपर्दैन, म आफैं भएर गाउन सक्छु ।’

 

फिल्म राम्रा बन्न थालेको र फिल्मले गायनलाई महत्त्व दिएको हुँदा आफू पाश्र्व गायनमा लागिरहेको उनले बताइन् । पछिल्लोपटक उनले ‘कम्मरमाथि पटुकी।।।’, ‘कुटुमा कुटु।।।’, ‘गोजीमा दाम छैन।।।’ जस्ता फिल्मी गीतमा स्वर दिएकी छन्, जुन लोकप्रिय पनि भएका छन् ।

संगीतकर्मीहरूका अनुसार पछिल्लो समय फिल्मी गीत, रियालिटी सो र युट्युबले नेपाली संगीत चलायमान बनाएका छन् । गीतका कारण फिल्मको राम्रो प्रचार हुने भएकाले फिल्ममा गीत अनिवार्यजस्तै भइसकेको छ । यस्तो हुँदा संगीतकर्मीले रोजगारी पाइरहेको संगीतकार अर्जुन पोखरेलको ठम्याइ छ । ‘नयाँ गायकगायिका पनि फिल्ममा गाउन पाए हुन्थ्यो भन्छन्,’ उनले भने, ‘पाश्र्व गायन अहिले सबैको आकर्षण बनेको छ ।’

पोखरेलका अनुसार, पाश्र्व गायन आम्दानीको राम्रो स्रोत पनि हो । गायकगायिकाले प्रतिगीत १० हजारदेखि ३० हजार रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । उनीहरूले महिनाको न्यूनतम पाँचदेखि २० वटासम्म गीत गाउने गरेका छन् । स्टेज सोबाट थप आयआर्जन हुन्छ । मेलिनाकै कुरा गरौं, उनी दसैं लागेयता कन्सटमै व्यस्त छिन् ।

‘रेकर्डिङ गर्न भ्याइरहेकी छैन,’ उनले भनिन्, ‘अहिलेसम्म फिल्मका गीत दुई सयभन्दा बढी गाइसकेकी छु ।’

राम्रो स्वर हुने र साधना गर्ने गायकगायिकालाई अब गरिखान कुनै गाह्रो नहुने संगीतकार पोखरेलको अनुभव छ । ‘कपितय सिंगरले आफ्ना अन्तर्वार्तामा संगीतमा लागेर बाँच्न गाह्रो छ भनेको सुन्छु,’ उनले आश्चर्य व्यक्त गर्दै थपे, ‘महिनाको तीनचार लाख रुपैयाँ कमाइ हुनु चानचुने कुरा होइन । नेपाली फिल्ममा गीत राख्ने चलन नहटेसम्म गायकगायिकाले रोजगारी पाइरहन्छन् । यो चलन चाँडै हट्ने सम्भावना पनि छैन ।’

मीना निरौला, रजिना रिमाल, इन्दिरा जोशी, ताराप्रकाश लिम्बू, कृष्ण काफ्ले, निखिता थापा, हर्कुलस बस्नेत, प्रताप दास, सौम्या बराइली, डेभिड शंकर, रोदित भण्डारी लगायत गायकगायिका पाश्र्व गायनबाटै स्थापित भएका हुन् । उनीहरूले एल्बमका लागि गाएका गीतभन्दा पाश्र्व गायनबाट बढी चर्चा पाए । हुँदाहुँदा युट्युब स्टार कहलिएका स्वप्न सुमनसमेत फिल्मी गीतमा सुनिए । उनले ‘इन्टु मिन्टु लण्डनमा’ को ‘थाहै भएन।।।’ गीत गाएका छन् । द स्याडोज नेपाल ब्यान्ड, सबिन राई, आस्था राउत, श्रेया सोताङ, कमल खत्री लगायतलाई पनि बेलाबखत फिल्मी गीतमा सुनिँदै आएको छ ।

बलिउडदेखि पूरै दक्षिण एसियाली संगीतमा पाश्र्व गायन हावी छ । पश्चिमतिर फिल्ममा गीत राख्ने चलन छैन । तसर्थ, त्यहाँ एल्बमका गीत वा सिंगल ट्रयाक नै चर्चित हुन्छन् । हामीकहाँ फिल्मभन्दा गीतको विकासक्रम पुरानो भएकाले फिल्म बन्नुअघि स्वभावतस् आर्टिस्टकै गीतको प्रभुत्व रहेको संगीतकार पोखरेलको भनाइ छ ।

‘फिल्म बन्न थालेपछि सिंगल ट्रयाक ओझेल पर्दै गए,’ उनले सुनाए, ‘द्वन्द्वकालतिर फिल्म सुस्ताउँदा एल्बम र सिंगल ट्रयाक चलेका थिए ।’

अहिले पाश्र्व संगीत सिर्जनामा पोखरेलसहित कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटी, दीपक शर्मा, कल्याण सिंह लगायत संगीतकार निकै सक्रिय छन् । यसअघि शम्भुजित बाँस्कोटा, सुरेश अधिकारी, महेश खडका, आलोकश्री, वसन्त सापकोटालगायतले म्युजिक डाइरेक्टरका रूपमा काम गरे । त्यो बेला उदितनारायण झा, दीपा झा, आशा भोसले, सञ्जीवनी, साधना सरगम, देविका बन्दना, विमला राई, सपना श्री, राजेशपायल राई, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, दीपक लिम्बू, रामचन्द्र काफ्लेहरू पाश्र्व गायनमा व्यस्त हुन्थे ।  ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण