ताजा खबर

आईभीएफबाट जन्मिएका थिए ओबामाकी दुई छोरी

RadioTaplajung

आईभीएफबाट जन्मिएका थिए ओबामाकी दुई छोरी
कार्तिक २५ गते । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले भनेकी छन् कि २० वर्ष पहिले उनी निकै निराशाको अवस्थाबाट गुज्रिएकी थिइन् । जब उनले गर्भपतन गर्नुपर्यो र दुई छोरी मालिया र साशाको जन्मका लागि इन भिट्रो फर्टिलाइजेशन अर्थात आईभीएफको सहारा लिनुपर्यो ।

मिशेलको किताब ‘बिकमिङ’ १३ नोभेम्बरमा सार्वजनिक हुँदैछ । ४२६ पृष्ठको पुस्तकमा उनले ८ वर्ष ह्वाइट हाउसमा विताएको समयको चर्चा गरेकी छिन् । यसका अलावा आफ्नो जीवनसँग जोडिएका कयौं व्यक्तिगत विषयको पनि चर्चा गरेकी छन्, जुन अहिलेसम्म सार्वजनिक भएको थिएन ।

अमेरिकी च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा मिसेलले भनेकी छन्, ‘मलाई लाग्यो कि म फेल भइसकेँ । किनकी गर्भपात कति सामान्य हो, मलाई थाहा नै थिएन । यसबारे मानिसहरुले त्यति धेरै कुराकानी पनि हुँदैनथ्यो ।’

मिसेलले पुस्तकमा साशा र मालियाको जन्मका लागि आईभीएफको सहारा लिनु परेको खुलाएकी छन् । अहिले साशा १७ वर्ष र मालिय २० वर्षकी भइन् ।

पूर्ववकिल र अस्पतालकी प्रशासक समेत रहेकी ५४ वर्षकी मिशेलले पुस्तकमा गर्भधारण गर्ने लगातारको प्रयास सफल नभएको चर्चा गरेकी छन् ।

‘एक पटक प्रिग्नेन्सी टेष्ट पोजेटिभ आयो, यसले हामी दुबैको सबै चिन्ता विर्सायो र खुसी दिलायो’ उनले लेखेकी छन्, ‘तर दुई सातापछि नै गर्भपात भयो । यसले मलाई शारीरिक रुपमा असहज बनायो र हामीमा कुनै आशा रहेन ।’

जब उनी ३४ वर्षकी थिइन्, उनलाई लाग्यो कि ‘बायोलोजिकल क्लक एक सत्य हो र अण्डाशय सिमित मात्रामा बन्छ’ र उनले आईभीएफ प्रविधि अपनाउने निर्णय लिइन् ।

पुस्तकमा उनले आफ्नो जीवनबारे खुलेर लेखेकी छन् । कसरी ओबामासँग प्रेम भयो त्यो पनि खुलाएकी छन् । शिकागोमा गर्मीको त्यो रातको स्मरण गर्दै उनले लेखेकी छन्, जब मैले ओबामाबारे सोच्न र महसुस गर्न सुर गरेँ, म उनको भावनामा डुब्दै गएँ । पूर्ण सन्तुष्टि, विस्मय र कृतज्ञताको भाव थियो ।

ट्रम्पलाई कहिल्यै माफी दिन्नँ

पुस्तकमा मिशेलले आफ्नो पति बाराक ओबामाविरुद्ध फैलाएको ‘झुट’का लागि अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कहिल्यै माफी नदिने पनि उल्लेख गरेकी छन् ।

खासगरी ओबामाको जन्मस्थानबारे ट्रम्पले दिएको अभिव्यक्तिप्रति उनको चित्त दुखेको छ । मिशेलले पुस्तकमा यसबारे लेख्दै जिनोफोबिया शब्द प्रयोग गरेकी छन् र भनेकी छन्, यो सबै पगलपन र स्वार्थको भावले भरिएको थियो । निशन्देश, यसमा कहीँ न कही कट्टरा र जेनोफोबिया लुकेको थियो ।’

सन् २०१६ को राष्ट्रपति चुनावका क्रममा ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दाबी गरेका थिए ।

मिशेलले लेखेकी छन्, ‘यदि पागल मानिस बन्दुक लिएर बाशिङटन प्रवेश ग¥यो भने के हुन्छ ? यदि कोही व्यक्ति हाम्रो बच्चाको पछाडि लाग्यो भने के हुन्छ रु डोनाल्ड ट्रम्पको लापरवाही पूर्ण बयानले मेरो परिवारको सुरक्षामा जोखिम ल्याएको थियो । त्यसैले म उनलाई कहिल्यै माफ गर्ने छैन ।’
अनलाइनखबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल