ताजा खबर

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

RadioTaplajung

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन
रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को उपाधि प्रतिभा लिम्बूले जितेकी छिन् । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, सुनसरी र संखुवासभाका ३ सय प्रतिस्पर्धिहरुलाई पछि पार्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ कि प्रतिभा सिजन–२ को विजेता बनेकी हुन् । दोखु युवा क्लवले आयोजना गरेको प्रतियोगितामा पाँचथरका रोशन मगर र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–१ ढुङ्ेसाँघुकी डिम्पल तामाङ क्रमशः फस्ट र सेकेण्ड रनर अफ भए  । प्रतिभाले डान्स स्टारको उपाधिसहित २ लाख वरावरको होण्डा स्कुटर प्राप्त गरिन् । फस्ट रनर अप रोशनले ५० हजार मूल्य बराबरको ल्यापटप साथै नगद साढे सात हजार प्राप्त गरे ।  सेकेण्ड रनर अप डिम्पलले एमआईको स्मार्ट फोनका साथै नगद ५ हजार प्राप्त गरे ।
यो पुरस्कार राशी प्रदेश १ मा हालसम्म आयोजना गरिएका नृत्य प्रतियोगिताहरुमध्ये सबैभन्दा ठूलो रहेको आयोजकको दावी छ । विभिन्न चरणको अडिसनबाट छानिएका उत्कृष्ट १२ जनाबिच एसएमएस भोटिङ गरिएको थियो । जिल्लामा पहिलो पटक एसएमएस भोटिङ प्रणालीको प्रयोग गरिएकोमा प्रतिस्पर्धिले १ लाख ५४ हजार भोट प्राप्त गरेको क्लवका सल्लाहकार अशोक आङवुहाङले जनाकारी दिए । क्लबका अध्यक्ष हर्क सुनुवारले भने,“८० प्रतिशत एसएमएस भोटिङ र २० प्रतिशत निर्णायक मण्डलको निर्णयबाट विजेता घोषणा गरिएको हो ।”प्रथमले २७ हजार ४१, द्धितियले २१ हजार ८ सय ९ र तृतियले २१ हजार ५ सय ७ एसएसएस भोट प्राप्त गरेको सल्लाहकार आङवुहाङले बताए ।
 शुभदिपावलीको अवसर पारेर फुङलिङ बजारमा गरिएको फाइनल (ग्राण्ड फिनाले) मा राष्ट्रिय कलाकारहरु आशिस राना (लाउरे), गायिका मिना निरौला, गायक डिजराज पौडेल, बुगीवुगी डान्सर रविन भुजेल, हाँस्य कलाकार भरतमणी पौडेल लगायतले प्रस्तुती दिएका थिए । आयोजकले ताप्लेजुङका ९ वटै स्थानीय तह र अन्य जिल्लाको सदरमुकाममा छनौट प्रतियोगिता गरेका थिए । चार सदस्यीय निर्णायक टोलीमध्येका निलम न्यौपानले प्रतिस्पर्धीहरु अपेक्षाकृत आएको प्रतिक्रिया दिए । ‘ताप्लेजुङ डान्स स्टार सिजन–१’ २०६९ सालमा भएको थियो । पहिलो सिजनको विजेता याङ्गी शेर्पा बनेकी थिइन् ।
तस्बिर
‘तााप्लेजुङ डान्स स्टार–२’ की विजेता प्रतिभा लिम्बु

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण