ताजा खबर

एमालेको बटम लाइन:प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष लेखेर दिन सकिन्न

RadioTaplajung

एमालेको बटम लाइन:प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष लेखेर दिन सकिन्न

६ वैशाख । स्थानीय तहको चुनावमा एमाले र माओवादीबीच एकले अर्कोलाई सिध्याउन हदैसम्मका हर्कत चलिरहेका बेला दुई पार्टी मिलेर जाने प्रस्ताव बोकेर प्रचण्डनिवास पुगेका थिए एमाले नेता विष्णु पौडेल । एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा पौडेल र प्रचण्डको दूतका रुपमा जनार्दन शर्माले दर्जनौंपटक एकताको छलफल चलाएका थिए । एमाले-माओवादी एकताका सूत्रधारका रुपमा चिनिएका एमाले उपमहासचिव पौडेल चर्चामा कम आउने तर भित्रभित्रै ठूला र निणरयक पहल गर्ने नेताका रुपमा स्थापित छन् ।

एमालेको नवौं महाधिवेशनमा ओली र बामदेवलाई मिलाउन सूत्रधारको भूमिका खेलेका पौडेल पछिल्लो समय ओली र माधव नेपाललाई मिलाउन सक्रिय भए । त्यसो त ओली र प्रचण्ड मिलाउने सूत्रधार पनि यिनै हुन् ।

पूर्वअर्थमन्त्री पौडेल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुसँग समदूरीमा रहन सक्ने नेता भएकाले एमालेभित्र उनी निर्णायक मानिन्छन् । करीव एक महिनाअघि उनको निवासमा पुगेर अनौपचारिक कुरा गर्दा पार्टी एकता जटिल मोडमा पुगेको संकेत दिएका थिए । मिल्नुपर्ने कुरा सबै मिले पनि अदृश्य कुराले पार्टी एकतामा अवरोध ल्याउन सक्ने उनको आशंका अहिले आएर सही सावित हुन खोज्दैछ ।

अहिले पार्टी एकीकरण गर्नुअघि प्रचण्डले आफ्नो भावी हैसियत प्रष्ट हुनुपर्ने शर्त एमाले नेतृत्वसमक्ष राखेका छन् । पार्टी एकीकरण अभियानमा शुरुदेखि नै संलग्न रहेका एमाले नेता पौडेलसँग हामीले विहीबार भेटेर पछिल्लो विकासक्रमबारे बुझ्ने प्रयास गर्‍यौं । पौडेलले प्रष्टै त भनेनन् तर प्रचण्डमा कहिँ न कहिँ आशंका रहेको स्वीकार गरे । तैपनि प्रचण्डलाई अहिले नै दुई वर्षपछिको अध्यक्ष ग्यारेन्टी गरेर पार्टी एकता नहुने पौडेलले प्रष्ट पारे ।

प्रस्तुत छ, एमाले उपमहासचिव पौडेलसँग पछिल्लो विकासक्रमबारे अनलाइनखबरले गरेको कुराकानी:

तपाई एमाले-माओवादी एकताप्रक्रियाको सूत्रधार हो, सबैभन्दा जटिल हुनुपर्ने चुनावी तालमेल जति सहज भयो, सबै कुरा मिलेर पनि एकीकरणचाहिँ जटिल बन्यो, खास कारण के हो ?

ठ्याक्कै त्यस्तो होइन । चुनावका बेला पनि अब सहमति नहुने भयो भत्कियो भन्ने भएपछि अब एकपटक अन्तिम कोशिस गरौं भनेर दशैंको टीका लगाउने अघिल्लो साँझ दुईजना अध्यक्षलाई भेटाएका थियौं । चुनावमा मिलेर जाने भनेर त्यो दिन सहमति भयो ।

त्यो दिन दुई नेताका बीचमा लिखित सहमति भएको हो, तर त्यसलाई हामीले बाहिर ल्याएनौं । तर अब लुकाइरहनु परेन कि त्यो लिखित सहमतिमा चुनाव चिन्ह सूर्य लिएर लड्ने र पार्टी एकता गर्ने भन्ने उल्लेख गरिएको थियो । दुवै अध्यक्षले हस्ताक्षर गर्नुभएको थियो ।

त्यसपछि असोज १७ गतेसम्म हामी त्यही सहमति कार्यन्वयन गर्न लाग्यौं, तर यसबीचमा कठिनाइ आए । सूर्य चिन्ह लिने सहमतिबाट कमरेड प्रचण्ड पछि हट्नुभयो ।

    अब लुकाइरहनु परेन कि लिखित सहमतिमा चुनाव चिन्ह सूर्य लिएर लड्ने र पार्टी एकता गर्ने भन्ने उल्लेख गरिएको थियो । तर, कमरेड प्रचण्ड पछि हट्नुभयो ।

यद्यपि उहाँले सूर्य चिन्हबाट चुनाव लड्ने सहमतिबाट पछि हट्नुका केही कारण बताए पनि ती कारणमा पत्याउने आधार थिएनन् । तर हामी पछि नयाँ सहमतिसहित चुनावमा गयौं । चुनावमा मिल्ने सहमति पनि ओभरनाइट सहजै भएको थिएन, धेरै अभ्यासहरु भएका थिए ।

यसपटक पार्टी एकताका सन्दर्भमा, हामीले पार्टी एकता गर्ने भनेर जनताबीच गरेको साझा प्रतिवद्धता हो । पार्टी एकता नगर्ने हो थियो भने त्यहीबेला भन्नुपथ्र्यो । गर्ने भनेपछि पछि हट्ने वा टार्ने कुरा हुँदैन । यसमा कुनै इफ, बट, किन्तु, परन्तु, तापनि कुनै कुरा भनेर भाग्न पाइँदैन ।

तर, वैशाख ९ गते एकीकरण गर्ने भनेर पटक(पटक गरिएका निर्णय त लागू भएनन् नि रु कम्युनिस्ट नेताहरु धेरै भूमिका बाँधेर कुरा गर्छन्, तपाई प्रष्ट भन्नुस् के कुराले वैशाख ९ टर्‍यो ?

नौ गते नहुनुपर्ने म कुनै कारण देख्दिनँ । आज पनि हामी ९ गतेअघि नै छौं । यो बीचमा पनि एकताको निम्ति समय खर्च गर्ने हो भने एकीकरण सम्भव छ ।

म आफैं पनि अचम्मित छु । म मेरो अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई र माओवादी अध्यक्ष कमरेड प्रचण्डलाई सोध्न चाहान्छु( एकता गर्ने हो कि होइन रु एकता गर्ने सार्वजनिक प्रतिवद्धताबाट तपाईहरु पछि हटेको हो कि होइन रु यसको जवाफ तपाईहरुले दिनुपर्छ ।

अहिले एकता नगर्नुपर्ने कुनै कारण छैन । मुख्य मुद्दामा टुंगो भइसकेको छ । सिद्धान्तमा, विचारमा वा नीतिमा कुनै समस्या छैन । संगठनात्मक सन्दर्भमा पनि मुख्य कुरा दुवैजना अध्यक्ष रहने, पालोपालो अध्यक्ष हुने सहमति भएको छ । अब एकताबाट पछि हट्नुपर्ने कारण देखिन्न ।

दुवैजना अध्यक्ष रहने भनिए पनि ओली प्रधानमन्त्री भएकाले प्रचण्डले कार्यकारी भूमिका पाउनुपर्ने भन्ने आयो नि रु

योचाहिँ एउटा सहमति गर्ने, त्यसपछि अर्को शर्त अघि सार्ने तरिकाले एकता प्रक्रिया सहजरुपमा अघि बढ्न गाह्रो हुन्छ । मेरो भनाइ के हो भने, दुई अध्यक्ष समान हैसियतमा रहने, पालोपालो अध्यक्षता गर्ने भनेपछि समान हैसियत भइगो, यसमा को कार्यकारी र को सेरेमोनियल भन्ने प्रश्नै छैन ।

तपाईहरुले प्रचण्डलाई विश्वासमा लिन नसकेको वा आश्वस्त पार्न नसकेको देखियो । प्रचण्ड अहिल्यै ओलीको कार्यशैलीबाट डराएका छन्, कम्तीमा साढे दुई वर्षपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्षको लिखित सहमति वा ग्यारेन्टी नभएसम्म एकीकरण नहुने देखियो नि होइन रु

प्रधानमन्त्रीका सन्दर्भमा त स्वयं कमरेड प्रचण्डले भन्नुभएको छ,केपी ओली यो कार्यकालका लागि प्रधानमन्त्री रहनुहुन्छ, ५ वर्ष नै रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन भनेर भनिसक्नुभएको छ । मिडियाबाटै हामीले यो प्रश्नको जवाफ पाएका छौं । त्यसैले प्रधानमन्त्री उहाँले बीचमा मागेको भन्ने कुरा मलाई पत्यार लाग्दैन ।

जहाँसम्म अध्यक्षको प्रश्न हो, महाधिवेशनबाट टुंगो लगाउने विषयमा कुनै एक व्यक्तिले फलानो अध्यक्ष हुनुहुन्छ भनेर लिखित वा मौखिक सहमति गर्न मिल्छ र रु भोलि आयोजना हुने महाधिवेशनको अधिकार कुनै एउटा व्यक्तिले खोसेर लिन पाउँछ ?

    स्वयं कमरेड प्रचण्डले भन्नुभएको छ, केपी ओली ५ वर्ष नै प्रधानमन्त्री रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन ।

एमाले अध्यक्ष केपी ओलीले ९महाधिवशेनपछि० म तपाईलाई अध्यक्ष बनाउँछु भनेर कुनै लिखित वा मौखिकरुपमा प्रचण्डलाई भन्न सक्न्नुहुन्छ ?

अथवा प्रचण्डले त्यो कुरा भन्न सक्नुहुन्छ रु उहाँहरुले बढीमा के भन्न सक्नुहुन्छ भने( म अध्यक्षमा उठ्दिनँ, महाधिवेशनमा तपाईलाई सघाउँछु भन्न सक्नुहुन्छ ।

अहिल्यै तपाई अध्यक्ष भनेर कसैले लिखित वा मौखिक रुपमा दिन मिल्दैन । केपी ओलीले अहिले नै प्रचण्डलाई अध्यक्ष बनाउने कुरा लेखेर दिने वा ग्यारेन्टी गर्ने भन्ने हुन्न ।

प्रचण्डको अडानचाहिँ यी दुई कुराको ग्यारेन्टीसहित पार्टीमा ५०र५० को हैसियत हुनुपर्छ अनि जनयुद्ध एमालेले स्वीकार गर्नुपर्छर् भन्ने आयो नि रु यो नभए अर्को स्टेप लिन पनि सक्ने मान्छे हुँ भनेर उहाँले पछि फर्किने संकेत दिनुभएको हो ?

त्यो त को कस्ता हौं भन्ने हामी सबैले देखेकै छौं । हाम्रा राम्रा नराम्रा सबै ट्रयाक रेकर्ड मुलुकले देखेकै छ । इतिहासमा हाम्रा सबल र दुर्बल पक्ष के हुन् । उहाँजस्ता नेतालाई दुनियाँले बुझेकै छ । त्यसैले स्टेपका कुरा नगरौं । जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन् ।

जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरानै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन ।

एमालेले सम्मानजनक एकता चाहेन भन्ने माओवादीको गुनासो हो कि रु जस्तै(जनयुद्धकै कुरा ‘।

एकता भनेकै सम्मानको विषय हो । तपाईले मलाई सम्मान गर्नुहुन्न भने, मैले तपाईलाई सम्मान गर्दिनँ भने एकता सम्भव छैन । जनयुद्धको कुराचाहिँ के भने, नेपालमा जनयुद्ध भयो कि भएन, माओवादीको १० वर्षे सशस्त्र विद्रोहलाई जनयुद्ध भन्ने कि नभन्ने सन्दर्भमा नेपाली राजनीतिमा विवाद छ र यो विवाद रहिरहन्छ ।

    नेपालमा जनयुद्ध भयो कि भएन, माओवादीको दश वर्षे सशस्त्र विद्रोहलाई जनयुद्ध भन्ने कि नभन्ने नेपाली राजनीतिमा विवाद छ र यो विवाद रहिरहन्छ

एमालेले जनयुद्ध गरेको होइन र एमालेले त्यो बाटो ठीक छ भनेको पनि होइन । एमालेले के ठान्छ भने माओवादीले जनयुद्ध भन्नुहुन्छ, जनयुद्धको शीर्षकमा त्यो इतिहासको यथार्थलाई एमालेले स्वीकार गरेको छ । त्यो सशस्त्र विद्रोह जनयुद्धका नाममा जुन सञ्चाालन गर्नुभयो, त्यो यथार्थलाई हामीले कहाँ राख्नुपर्ने हो, राख्छौं । उहाँहरुको कोलममा त्यो रहन्छ ।

त्यसोभए भन्दिनुस् त पार्टी एकता कहिले हुन्छ ?

तपाईले जुन प्रश्न मलाई सोध्नुभयो, यही प्रश्न मैले केपी ओली र प्रचण्डलाई सोधिरहेको छु । जनताका विरुद्ध उहाँहरुलाई धोका दिने अनुमति छैन । नमिल्ने छुट छैन ।

प्रष्ट भन्नुस कि पार्टी एकतामा ५०र५० हुन्छ कि हुन्न रु सूर्यचिन्ह रहन्छ कि रहन्न ?

सूर्य चिन्हमा विवाद हुन्छ भन्ने मलाई लाग्दैन । हिजो अलग(अलग पार्टीका हैसियतमा रहँदा पनि चुनावमा जाँदा सूर्य चिन्हमा जाउँ भनेर लिखित सहमति भएको हो । अहिले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्नहुन्न भनेर तर्क गर्नुहुन्छजस्तो लाग्दैन । म दोहोर्‍याएर भन्छु, चुनाव चिन्ह सूर्य हुन्छ ।


५०-५० को कुरा तपाईले मलाई प्रश्न सोध्ने र मैले जवाफ दिने कुरा नै होइन । मैले त भनेको छु, व्यक्तिको इतिहास, योगदान र कार्यक्षमता हेरौं । एउटा पार्टी बनाउने भएपछि त्यहाँ प्रतिशत हुँदैन । दुईटा पार्टी अलग-अलग राख्ने हो भने प्रतिशतको कुरा आउँछ ।

एउटा पार्टी भएपछि प्रतिशत रहँदैन । एउटा बाल्टीको पानीलाई छुट्याएर यो एमालेको यो माओवादीको भन्ने हुँदैन । एउटा बाल्टीमा मिसाएपछि यो एमालेको र यो माओवादीको भन्ने हुँदैन ।

अहिले प्रचण्डमा देखिएको आशंका चाहिँ प्रधानमन्त्रीका रुपमा ओलीले एकलौटी अहिल्यै गरिसक्नुभयो भने भोलि एउटै पार्टी हुँदा त मेरो निर्णायक पोजिशन नै नरहने पो हो कि भन्ने देखिन्छ नि ?

निर्णायक पोजिशन भनेको के रु हामीले पार्टी एकता गर्दा दुईजना अध्यक्ष रहनुहुन्छ भनेपछि त्यो हैसियत भयो कि हैसियतविहीन भयो रु उहाँलाई त्योभन्दा निर्णायक पोजिशन कस्तो चाहिएको हो ?

सरकार त संविधानबमोजिम चलाउने हो । प्रधानमन्त्रीले आज युनिटीभन्दा अगाडि संयुक्त सरकार चलाउँदा गठबन्धनको मुख्य नेतासँग आवश्यक विषयमा परामर्श गर्नैपर्छ । गर्नुभएको जस्तो पनि लाग्छ । गर्नुभएको छैन भने गर्नुपर्छ । तर, सरकार त संविधान र कानुनबमोजिम चल्छ । प्रधानमन्त्रीले परामर्श गरेनन् भनेर मिडियामा प्रचारबाजी गरेर के सन्देश दिन खोजेको रु यो त भएन ।

तपाई अहिले नै माधव नेपाल र केपी ओलीलाई मिलाउन लाग्नुभयो, यसो गर्दा भोलि प्रचण्डको निर्णायक पोजिशन कमजोर हुँदैन त ?

म एमालेका सबै नेता मिल्नुपर्छ भन्ने पक्षमा छु । माधव नेपाल र केपी ओली मिलाउने कुरा के भयो र रु म केपी ओली र प्रचण्ड मिलाउन हिँडेको मान्छे, ओली र माधव नेपाल झगडा गर्नुपर्छ भन्न सक्छु र ?

जहाँसम्म प्रचण्डको निर्णायक पोजिशनको कुरा हो, उहाँले धेरै अविश्वास र आशंका नराखेको राम्रो । एमाले भनेको संस्थागत निर्णयमा चल्ने पार्टी हो । यहाँ कोही पनि नेताको एकाधिकार चल्दैन ।

केपी ओली सातौं महाधिवेशनमा अध्यक्ष बन्न हिँडेको तर किन हो उहाँ पछि हट्नुभयो । आठौं महाधिवेशनमा उहाँ हार्नुभयो । यद्यपि त्यो महाधिवेशनका यावत दृश्यहरु छन्, त्यसको जवाफ अहिले पनि भेटिएका छैनन् ।

उहाँले पराजय स्वीकार गर्दै नवौं महाधिवेशनबाट अध्यक्ष हुनुभयो । भन्नुको मतलब, एमाले प्रक्रिया र पद्दतिबाट चल्ने पार्टी हो । कसैले पनि डराउनुपर्दैन ।

त्यसोभए अहिलेको अवस्थामा एकीकरणको बाधक केपी ओली हुन् कि प्रचण्ड ?

आदरणीय नेताहरुलाई म अनुरोध गर्न चाहान्छु( तपाईहरु एउटा पार्टी बनाउँदै हुनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहानुहुन्छ भने परस्पर विश्वासमा चल्नुस् ।

    प्रधानमन्त्रीले संयुक्त सरकार चलाउँदा गठबन्धनका मुख्य नेतासँग आवश्यक विषयमा परामर्श गर्नैपर्छ । गर्नुभएको छैन भने गर्नुपर्छ

आशंका रहलान्, सम्पूर्णरुपमा आशंका अन्त नहोलान् । तर, मुख्यरुपमा विश्वासमा चल्नुस् । परस्पर विश्वासमा रहनुस् । आशंकाले कहिँ पनि पुर्‍याउँदैन । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड एकअर्कामा आशंका नराख्नुस् भन्ने आग्रह हो ।

फेरि पनि तपाई भन्दिनुस्, एकीकरण कहिले हुन्छ ? कि हुँदैन ?

म कारण खोजिरहेको छु कि ९ गते किन एकता भएन रु जब कि ९ गते एकता नहुनुपर्ने कुनै कारण छैन । तर, पनि नहुने त लगभग निश्चित देखियो । तपाईले एउटा टाइमलाइन निश्चित गर्नुभयो । नेकपाको स्थापना दिवस एकीकरण गरौं भनेर मैले पनि शुरुदेखि नै भनेको हो । हामी दुवै कार्यदलले पनि एउटै सुझाव दिएका थियौं ।

वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गर्ने भनेर फेरि पछि हट्दा अब उहाँहरुले आलोचना भोग्नुपर्छ । एकता किन नगर्ने रु कसका कारण नगर्ने रु मेरो प्रश्न छ उहाँहरुलाई । के कारणले एकताबाट पछि हट्दै हुनुहुन्छ रु जनता र कार्यकर्तालाई जवाफ दिन तयार हुनुस् ।

मैले दोहोर्‍याएर भन्छु( एकतामा विलम्व गर्नुपर्ने कुनै वस्तुगत र नीतिगत कारण छैन । अविलम्व एकता गरौं, ९ गते नै एकता गरौं । यदि नेताहरुले ९ गते एकता गर्नुहुन्न भने स्वाभाविकरुपमा नेताहरुविरुद्ध जनता र कार्यकर्ताहरुबाट आलोचना शुरु हुन्छ ।

पार्टी एकता रोक्न त कसैले सक्दैन । एकता रोक्ने ताकत अब नेपालमा कसैसँग छैन । तर, विलम्व गर्दा केपी शर्मा ओली र प्रचण्डको आलोचना हुनेवाला छ । उहाँहरुले जवाफ दिनुपर्छ ।

जवाफ त क्लियर छ नि, प्रचण्डलाई उधारोमा होइन लिखतमा भावी अध्यक्ष र प्रधानमन्त्रीको ग्यारेन्टी नभएसम्म एकता होला र ?

त्यसरी माओवादी अध्यक्ष प्रचण्डले बोल्नुभयो भन्ने मलाई पत्यार छैन । मैले अघि नै भनिसकेँ, उहाँले पब्लिकली भन्नुभएको छ(प्रधानमन्त्रीको कार्यकाल आधा-आधा गर्ने होइन । पूरै ५ वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने भनिसक्नुभएको छ । प्रधानमन्त्री बीचमा फेरिने कुरा छैन ।

रहृयो सवाल अध्यक्षको कुरा, महाधिवेशनबाट को अध्यक्ष बन्छ भन्ने कुरा अहिले केपी शर्मा ओलीले प्रचण्डलाई वा एकता संयोजन समितिलाई फलानो अध्यक्ष बन्नेछ भनेर लिखित वा मौखिक एग्रिमेन्ट गर्ने अधिकार छैन । अहिले नै अध्यक्ष तोकेर हिँड्ने अधिकार कसैलाई छैन, त्यो केपी ओलीले प्रचण्डलाई लेखेर दिने अधिकार नै छैन ।

भोलि प्रचण्डलाई अध्यक्ष मानेर जान तपाई एमाले नेताहरुलाई संकोच किन ?

हामी एकीकृत पार्टी बनाउँदैछौं । एकीकृत पार्टीका विभिन्न नेता जो कोही पनि अध्यक्ष बन्न सक्नुहुन्छ । अध्यक्ष बन्ने प्रक्रियाले हो ।

महाधिवेशनले अध्यक्ष छान्ने हो । सर्वसम्मतिले अध्यक्ष छान्ने हो, सर्वसम्मति नभए मतदान होला । तर, यो कुरा अहिले भन्न सकिन्न ।

तपाईहरुले प्राणभन्दा प्यारो ठान्ने जनताको बहुदलीय जनवाद त स्थगन गरिसक्नुभयो भने अब प्राविधिक कुरामा किन अल्झिने रु अलि उदार बनेर प्रचण्डलाई माने हुन्न ?

जबजको कन्टेन्टको सन्दर्भमा, त्यसको अन्तरवस्तुका सन्दर्भमा कुनै स्थगनको कुरा छैन । पार्टी एकतासम्बन्धी कार्यदलका दस्तावेजहरुले के कुरा बोलेका छन् भने जबजले जे जे कुरा मानेको छ, त्यो उल्लेख गरेका छन् ।

राज्यसत्ता सञ्चालन गर्ने र संगठित गर्ने लोकतान्त्रिक विधि कम्युनिस्ट पार्टीले अवलम्वन गर्नुपर्छ भन्ने जबजको जुन अन्तरवस्तु हो, हामीले प्रष्ट उल्लेख गरेका छौं । अब त्यो अन्तरवस्तुलाई हिजो हामीले जबज भनेर नामाकरण गर्‍यौं । अब महाधिवेशनसम्म छलफल गरौं भनेका छौं । जबजभन्दा कुनै सुन्दर नाम आयो भने त्यो राखौंला ।

मेरो कुरा भन्नुहुन्छ भने महाधिवेशनसमा छलफल खुला हुनेछ भनेको हुनाले जनताको बहुदलीय जनवादको नामाकरण र अन्तरवस्तु दुवै हिसाबले उपयुक्त छ । छलफलको अधिकारलाई म यसरी उपयोग गर्छु ।

भन्नुको मतलब, भोलि महाधिवेशनमा जबजको च्याप्टर फेरि खोल्ने तयारी तपाईहरुको हो ?

जबजको च्याप्टर क्लोज भएकै छैन । यसको अन्तरवस्तुलाई एमाले र माओवादीको सहमतिको सातबुँदे दस्तावेजले स्वीकार गरेको छ । जबजले अघि सारेको अन्तरवस्तु स्वीकार गरिसकेको हुनाले च्याप्टर क्लोज भन्ने कुरै छैन ।

जबजको कन्टेन्टमा आपत्ति छैन भने नामाकरणमा आपत्ति किन भन्नेबारे भोलि महाधिवेशनमा छलफल होला । अहिले नै म जबजको नामाकरणका बारेमा धेरै बहस गरेर विषयान्तर चाहान्न । त्यो महाधिवेशनले टुंगो लगाउँछ ।
स्रोतः अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ : विजय मिश्र

फाल्गुन ९ गते । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् ।

RadioTaplajung

न्यायाधीश नियुक्तिका आरोप पुरानै गीत हुन्

चैत २९ गते । आकांक्षी धेरै भएको ठाउँमा थोरै मान्छे मात्र न्यायाधीश सिफारिस हुँदा क्रियारप्रतिक्रिया आउनुलाई स्वाभाविक ठान्छन् कानुनमन्त्री

RadioTaplajung

वैकल्पिक शक्ति निर्माण भनेको पार्टी फुटाउनु हो ? के भन्छिन् रञ्जु दर्शना ?

पुस २९ गते । आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ ।  पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज