ताजा खबर

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित

RadioTaplajung

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित
कार्तिक २५ गते ।  बुन्डेस लिगा फुटबलमा लिग लिडर बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

डर्टमन्डको आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्न २ पटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । शनिबार राति भएको खेलमा डर्टमन्डको जितमा मार्को रेउसले २ गोल गर्दा पाको अल्कासरले १ गोल गरे । यता, बायर्नका लागि रोर्बेट लेवान्डोस्कीले २ गोल गरे ।

खेलको २६औं मिनेटमा नै गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा १ गोल थप्दा ३ गोल खान पुग्यो ।

खेलको ४९औं मिनेटमा रेउसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । खेलको ५२औं मिनेटमा लेवान्डोस्कीले नै दोस्रो गोल गर्दै बायर्नलाई दोस्रो पटक २–१ गोलको अग्रता दिलाएका थिए । तर खेलको ६७औं मिनेटमा रेउसले दोस्रो गोल गर्दै डर्टमन्डलाई २–२ गोलको बराबरी दिलाएका थिए ।

खेलको ७३औं मिनेटमा अल्कासरले गोल गरेपछि डर्टमन्डले बायर्नलाई ३–२ गोलले पराजित गरेको हो ।

जितसँगै डर्टमन्डले ११ खेलबाट २७ अंक बनाउँदै आफ्नो शीर्ष स्थानलाई कायमै राखेको छ । यता पराजित बायर्न भने ११ खेलबाट २० अंकको साथमा तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा