ताजा खबर

आगो निभाउन गयो खालि दमकल

RadioTaplajung

बैतडी। जिल्लाको पाटन नगरपालिका–४ बस्ती जोलाबाँजमा भएको आगलागी नियन्त्रणका लागि बिनापानीको दमकल गएको छ ।

आइतबार बिहान साढे ४ बजेतिर स्थानीय शेरसिंह महराको खरको र परालको थुप्रोमा लागेको आगो निभाउन नगरपालिकाको दमकल घटनास्थलमा खाली गएको हो । आगलागी भएको खबर पाउनेबित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको दमकलमा पानी नभएको थाहा भएपछि फर्केर पानी भरी पुनः घटनास्थल पुगेको थियो ।

पीडित महराको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

आगो लागेर १२ थुप्रो पराल तथा खर, चार थुप्रो मकैको घोगा, २० भारी दाउरा जलेर नष्ट भएको छ । घटना भएको घर परिवारले आइतबार बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।

आगलागी भएको खबर पाउनेबित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पु¥याएको भए पनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको उनले स्विकारे । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले बताए । दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय शिक्षक रमेशसिंह महराका अनुसार बिहान साढे ४ बजे आगो लागेको भए पनि साढे ६ बजे मात्रै बिनापानीको दमकल घटनास्थलमा पुगेको थियो । पछि पानी भरेर फर्किन सवा घण्टा लागेको उनले जानकारी दिए । ‘दमकल पहिलो चोटी आउँदा नै पानी भरिएर आएको भए धेरै क्षति हुनबाट जोगिने थियो,’ शिक्षक महराले भने, ‘पानी भरेर आउँदा समेत मोटर चलेन भनेर आधा मात्रै पानी लिएर आए ।’ दोस्रोपटक पानी भरेर ल्याएपछि मात्रै पूर्ण रूपमा आगो नियन्त्रणमा आएको उनले बताए । आकस्मिक सेवामा प्रयोग हुने दमकलमा पानी नहुनु र चालकको समेत लापर्बाही देखिएको स्थानीयले टिप्पणी गरेका छन् ।

हिउँदमा गाईबस्तुका लागि जम्मा गरिएको पराल र खर आगलागीमा परी नष्ट भएको छ भने सो घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले