ताजा खबर

काभानीको ह्याट्रिकपछि मोनाकोमाथि पीएसजीको ४ गोल

RadioTaplajung

एडिन्सन काभानीको ह्याट्रिक पछि फ्रान्सेली लिग वान अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एएस मोनाकोलाई ४-० ले हराएको छ।काभानीले खेलको चौथो मिनेटमा नेइमारको पासमा गोल गर्दै पीएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए। काभानीले खेलको ११ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

          पहिलो हाफमा २-० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा पनि दुई गोल थप्यो ।काभानीले ५३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे।खेलको ६४ औं मिनेटमा नेइमारले गोल गर्दै टोलीलको अग्रता ४-० पुर्‍याए।केलियन एम्बाप्पेलाई जिब्रिल सिडिबेले डि एरियामा लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा नेयमारले गोल गरेका हुन्।

        त्यसपछि पीएसजीका लागि जुलियन ड्राक्सलर र एमबाप्पेले गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन्। त्यसपछि खेलमा कुनै गोल भएन र खेल पिएसजीले ४-० ले जित्यो। यो जितसँगै १३ खेलमा सतप्रतिशत जितसहित ३९ अंक लिएर लिगको शीर्ष स्थानमा छ। समान खेलबाट लोस्कले २६ अंकसहित दोस्रो स्थानमा रहेर पिएसजीलाई पछ्याइरहेको छ।यता आजको हारसँगै मोनाको लिगको रेलिगेसन क्षेत्रमा छ। लिग सिजनमा १३ खेलबाट जम्मा एक खेल जितेको मोनाको पुछारबाट दोस्रो स्थानमा छ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा