ताजा खबर

ओलाङ्चुङ्गोलामा ‘फुटुक पर्व’

RadioTaplajung

ओलाङ्चुङ्गोलामा ‘फुटुक पर्व’
देवराज गुरुङ,कार्तिक २६ गते । सदरमुकामदेखि २ दिनको पैदल दूरीमा अवस्थित धार्मिक तथा पर्यटकीय बस्ती ओलाङचुङगोला । फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ । हिमालका काखमा अवस्थित करिब ५५ घर । हिमाली क्षेत्रमा पाइने सल्लाको काठले निर्मित घर । झुरुप्प परेको आकर्षक बस्ती । हिउँ परेका बेला त मनै लोभ्याउँछ । सबै वालुङ समुदायको ९लोपोन्मुख० मात्रै बसोबास । पुरुषको काम ९मुख्य पेसा० चांैरी तथा याक पालन र व्यापार । महिलाको काम घरमै महँगो गलैंचा उत्पादन गर्ने । लज्जालु स्वभाव र मिजासिला बानी यहाँका बासिन्दाको विशेषता । करिब ४ सय वर्ष पुरानो ऐतिहासिक दिकीछ्योलिङ गुम्बा जुन जिल्लाको मात्रै नभई देशकै गहना । अझ बौद्ध धर्मावलम्बीका लागि हिन्दूहरूको पशुपतिनाथ जतिकै आस्थाको गुम्बा । आँगनको डिलमुनि तमोर नदी । यो बस्ती चीनको स्वशाषित क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ । यहाँका बासिन्दाले चीनको रिउ सहरदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्छन् । सदरमुकामदेखि प्रतिकिलो ढुवानी ७५ रुपैयाँ बढी पर्छ । भाषा तथा संस्कृति मिल्दोजुल्दो भएकाले बिहेवारी पनि उतैतिरकासँग बढी हुन्छ ।
सुन्दै पुगौरपुगौ लाग्ने ओलाङ्चुङ्गोलामा तिहारसँगै ‘फुटुक पर्व’ सकिएको छ । आगोको ज्वाला गुम्बाको धुरी कटाउँदै यो वर्षको ‘फुटुक पर्व’ समापन गरिएको हो । यो पर्व १२ दिनसम्म मनाइन्छ । जिल्लाका विभिन्न ठाउँदेखि तिब्बतबाट समेत सहभागी हुने चलन छ । चार दिन भने सबै एकै ठाउँमा भेला भएर बस्छन् । चारै दिन सामूहिक भोजनको व्यवस्था गरिएको हुन्छ । फुटुक हेर्न आएका पाहुनालाई समेत भोजको व्यवस्था हुन्छ । यसवर्ष कात्तिक १८ गतेदेखि चार दिन बस्नका लागि तयार गरिएका विभिन्न रंगले सजिएका टेन्टमा बिताए । जुन गुम्बा अगाडिको हिमाली चौरमा तयार गरिएको थियो । पर्वको अन्तिम दिन मुख्य लामाले दिनको समयमा देवनृत्य देखाएर रातमा आगोको ज्वाला गुम्बा कटाएसँगै विधिवत रूपमा पर्व सकिएको औपचारिक घोषणा हुन्छ । आगोको ज्वाला गुम्बाको धुरी कटाउँदा सहभागीहरू कम्ती खुसी हुँदैनन् । ज्वाला कटेपछि गाउँमा कुनै विनाश हुँदैन र महामारी तथा अनिकाल र कुनै समस्या आइनपर्ने जनविश्वास छ । तिहारमा जसरी चेलीको टीका ग्रहण गर्न माइती आइपुग्छन्, काम विशेषले बाहिर गएकाहरू सकभर यो पर्वमा फर्कन्छन् । देश विदेशमा पुगेका यहाँका बासिन्दाले आर्थिक तथा भौतिक सहयोग गर्छन् । पर्वको सुरुवातमा लामाहरूले पूजापाठ गर्छन् । वडाअध्यक्ष छेतेन भोटेका अनुसार पहिलो दिन गुम्बा सरसफाइ गरिन्छ र त्यही रातको १ बजेदेखि ९ जना लामाले पूजापाठ प्रारम्भ गर्छन् । तिथिका आधारमा द्वादशीदेखि औंसीसम्म देवनृत्य गरिन्छ । देवता र राक्षसबीचको युद्ध झल्कने नृत्य हुन्छ । युद्धमा देवताको जित अर्थात् धर्म गर्नेको जित हुन्छ र अधर्म गर्ने राक्षसलाई संकेत गर्दै पराजित हुन्छ । नृत्यको मुख्य सन्देश ‘अधर्म गर्नु हुँदैन अर्थात् सधै सत्यको जित हुन्छ भन्ने हो ।’ लामाले मुखुण्डो र भेषभूषा लगाएर नृत्य गर्छन् । मानिस टेन्टमा चार दिनसम्म बस्नुको कारण लामाको नृत्य हेर्न र हेरेपछि मात्रै लामाबाट आशीर्वाद लिनु हो ।
फुटुक पर्व अझ केटाकेटीका लागि रमाइलो हुन्छ । किनकि पर्वको अवसर पारेर अभिभावकले छोराछोरीलाई नयाँ कपडा फेरिदिने चलन छ । मीठो मसिनो बनाएर खान्छन्रखुवाउँछन् । पत्रकार सुवास आचार्यले भने, “सुन्दर बस्तीमा न्यानो आथिथ्य ग्रहणले जो कोहीको मन हर्षित हुन्छ । चाडपर्वले साँच्चिकै भावनात्मक रूपमा जोडेको आभास हुन्छ ।” ‘अतिथि देवो भवः’ अर्थात् पर्यटक हाम्रा पाहुना हुन् भन्ने नारा ओलाङ्चुङ्गोलाबासीले बुझेका छन् । त्यही भएर होला गोला पुग्ने जोकोहीले न्यानो आथिथ्यता पाउँछन् । वडाअध्यक्ष भोटेका अनुसार अब फुटक पर्वको बेला आन्तरिक पर्यटक भित्र्याउन गोलाबासी तयार छन् । कञ्चनजंघा हिमाल ९८,५८६ मिटर० र कुम्भकर्ण हिमाल ९७,७१० मिटर० पदमार्ग घुन्सा हुँदै जाने भएकाले अब गोलासँग जोडनसके पर्यटकीय क्षेत्रको विकासमा टेवा मिल्छ । यतातर्फ पर्यटन गुरु योजना निर्माण गर्नुपर्नेमा गोलाबासीको जोड छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक