ताजा खबर

क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते

RadioTaplajung


क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते
 कात्तिक २६ गते ।  धनुषा – दिपावली तथा छट पर्वको अवसरमा बर्दिवासमा आयोजना गरिएको क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको छ ।

आक्रमणमा परि विजेत टिमका सातजना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका जनकल्याण युवा क्लबका खेलाडी २९ वर्षका चन्दन महतो, वर्ष २० का जयप्रकाश महतो, वर्ष २४ का राजेश महतो, वर्ष १८ का श्रवण महतो र संजिव महतो छन् ।

यस्तै आक्रमण रोक्न खोज्दा विजेता क्लब तर्फबाट खेल हेर्न गएका स्थानीय ४५ वर्षका विजय महतो गम्भीर घाइते भएका छन् । उनीहरुको लालगढको मोडेल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दिपावली तथा छठपर्वको अवसरमा बर्दिबास नगरपालिका ७ का गणेश मगरले धनुषाको मिथिला नगरपालिका ९ बेंगाडारबरको खेल मैदानमा आयोजना गरेको क्रिकेट प्रतियोगिताको आइतबार दिउँसो अन्तिम खेल भएको थियो । जसमा महोत्तरीको रातौली युवा क्लब र धनुषाको जनकल्याण युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । जनकल्याण युवा क्लब जित हात परेको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार अन्तिम खेलपछि साँझ परिसकेको र विजेता टिमले विजय जुलुस निकालेपश्चात आयोजक स्थानीय र रातौली युवा क्लबका खेलाडीहरुले एक्कासी विजेता टिममाथि आक्रमण गरेका थिए ।

पराजित भएको रतौली युवा क्लबका केही खेलाडी र आयोजक स्थानीयसहित झण्डै २० जनाभन्दा बढीले ब्याट, वियरको बोतल र हातको मुक्का र लातले विजेता टिममाथि आक्रमण गरेको घाइते भई उपचाररत राजेश महतोले बताउनुभयो ।

आक्रमण गर्नेहरुमा स्थानीय गणेश लामा, सुमन चौधरी, विशाल लामा, वीरेन्द्र साह, दिनेश महतो, अनवर मुस्लिमलगायत अन्य केही स्थानीय र पराजित रतौली युवा क्लबका खेलाडीहरु रहेको समेत घाइते राजेशले बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको र घटनापश्चात कुटपिटमा संलग्नहरु फरार रहेकाले तिनीहरुको खोजी कार्य जारी रहेको बताउनुभयो । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा