ताजा खबर

लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि

RadioTaplajung

कपिलवस्तु – बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ ।

विश्व शान्ति र भाइचाराको भावना जगाउन यो पाठ गर्न लागिएको हो । यस्तै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न  लुम्बिनीमा पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा नोभेम्बर १४ देखि १६ (कात्तिक २८ देखि ३० गते) सम्म तीनदिन कार्यक्रम गरिनेछ ।

कार्यक्रम नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रुपमा गर्ने छन् । बिहार त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो । ‘बुद्धबारे धेरैलाई थाहा भए पनि बौद्ध धर्मग्रन्थ त्रिपिटक देखेकै छैनन्’, भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले भन्नुभयो, ‘त्यसको महत्व बुझाउन पनि पाठ हुनु आवश्यक थियो ।’

‘पवित्र ग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा हो’, उहाँले भन्नुभयो, ‘अब त्यो गौरवलाई विश्वभरि फैलाउन लागेका छौं ।’

यसअघि यो कार्यक्रम डेढ दशक अघिदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाले बोधगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा गर्दै आइरहेको थियो ।

‘यो कार्यक्रम नेपालमा पनि गर्नु पर्छ भन्ने लाग्यो’ अध्यक्ष मैत्री महअस्थवीरले भन्नुभयो, ‘उनीहरुलाई अनुरोध गरेर कार्यक्रम यहाँ पनि गर्न लागिएको हो । तर लाग्ने सबै खर्च र व्यवस्थापन हामीले आफैँ गर्नु पर्छ । ’ पहिलो दिन बिहान १० बजेदेखि सुरु हुने सत्रमा थाई भिक्षुहरुले त्रिपिटक पाठ गर्नेछन् । भोजन पछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक÷एक घण्टा पाठ गर्छन् । 

दोस्रो दिन ८ बजेदेखि पाठ सुरु हुन्छ । नेपालका महायनी संप्रदायले पाठ गर्छन् । १ बजेपछि हिमाली लामा भिक्षुले पाठ गर्छन् । त्यसपछि चीन, जापानी र भियतनामी भिक्षुले पाठ गर्छन् । 

तेस्रोदिनमा थाई भन्तेको नेतृत्वमा पाठ सुरू हुनेछ । त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले पाठ गर्छन् । प्रत्येक दिन ५ बजे पाठ सकिएपछि २ घण्टा धर्मदेशना दिइनेछ । बौद्ध विद्वान, संघनायक र रिम्पोछेबाट धर्मदेशना दिने कार्यक्रम छ । 

‘यसले शान्ति र अध्यात्मिक चिन्तन बढाउँछ’ लुम्बिनी विकास कोषका कार्यवाहक सचिव सरोज भट्टराईले भन्नुभयो, ‘अध्यात्मिक पर्यटनको बढावा दिन्छ ।’ यहाँ भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नुभएको वसन्त्र जातक सुत्र पाठ गरिने छ । त्यस्तै शाक्य र कोलीयहरुबीच युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गर्नुभएको महासमय सुत्र पाठ गरिने छ । 

यहाँ पाठ गरिने सुत्र थाई र देवनागरी लिपिमा पुस्तकका रुपमा समेत प्रकाशित गरि सकिएको छ । कार्यक्रममा ४ सय विदेशी सहित भिक्षु, भिक्षुणी, गुरुमा र अनागरिका गरेर ७ सय सहभागी हुने बताइएको छ । कार्यक्रमका लागि करिब ३५ लाख लाग्ने रकम सबै स्थानीय सहयोगबाट उठाइएको छ । फूल सजावटका सामग्री रोयल थाई विहारले सहयोग गरेको छ । त्यस्तै टेण्ट र साउण्ड सिस्टम र कुर्सी लुम्बिनी विकास कोषले सहयोग गरेको छ । खाना र खाजाको व्यवस्था  पनि लुम्बिनीका पर्यटन व्यवासायीले गरेका छन् । उज्यालो अनलाईन मा गोपाल भण्डारिले यो खबर लेख्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले