मुख्य समाचार
04:20:00 NST
मानव बेचविखन अभियोगमा २ जना कारागार चलान ।

देवराज गुरुङ÷ताप्लेजुङ
फागुन ११, मानव बेचबिखन बिरुद्धको अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागी कारागार चलान गरेको छ । न्यायाधिस पशुपती आचार्यको इजलासले लोकेन्द्र श्रेष्ठ र संगीता भनिने कृष्ण कुमारी राई सेन्दाङलाई कारागार चलान गरेको अदालतका श्रेष्तेदार ऋद्धी निरौलाले जानकारी दिनुभयो । पक्राउ परेकालाई मानव वेचविखन तथा ओसार पोसार ऐन २०६४ अन्तर्गत दफा ३ वमोजिम कारवाही हुने निरौलाले वताउनुभयो । जिल्लामा महिला कारागार नभएकाले महिला बन्दीलाई पा“चथर पठाइने प्रहरी निरिक्षक सञ्जिव वावु खड्काले जानकारी दिनुभयो । कृष्ण कुमारी ताप्लेजुङ फुलवारी र लोकेन्द्र लिम्वुदिन गाउँ विकास समितिका हुन । उनिहरुलाई प्रहरीले माघ ११ गते पक्राउ गरेको थियो ।
 

अहिले प्रशारण भइरहेको
non
यस पछी »Opening @ 5:00 pm
कार्यक्रम तालिका
विशेष कार्यक्रम
Advertisement