ताजा खबर

आशा गरिएको सरकार खराब प्रवृत्तितर्फ उन्मुख हुँदैछ : बार अध्यक्ष मिश्र

SITENAME

रेडियो ताप्लेजुङ

मंसिर १२ गते । नेपाल बार एसोसिएसन ताप्लेजुङले आफ्नो नवनिर्मित भवनको उद्घाटन गरेको छ। नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।
भवन उद्घाटनअघि बिहान सदरमुकाम फुङ्लिङमा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका मिश्रले दुई तिहाइको सरकारले संसद्को संस्कार पालना नगरेको आरोप लगाउनुभयो। अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ थियो। न्यायपालिकामा सरकारले सुधार गर्नेछ भन्ने जनमानसमा आशा रहे पनि सरकारका गतिविधि खराब प्रवृत्तितर्फ उन्मुख भएको आफूले पाएको उहाँले बताउनुभयो।
सरकारले न्यायपालिकामा शीघ्र सुधार गर्न खोजेको विषयमा श्वेतपत्र जारी गर्नुपर्ने र त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको मिश्रले बताउनुभयो।
पात्र  परिवर्तन भए पनि प्रवृत्तिमा परिवर्तन नआएको भन्दै उहाँले कसलाई विश्वास गर्ने ?भन्ने प्रश्नसमेत गर्नुभयो।
अहिलेको मुख्य आवश्यकता सरकारले वैधानिक मार्ग अवलम्बन गर्नु रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “पहिलेका सरकारले आफ्ना कार्यकर्ता र आफूलाई मन परेका व्यक्तिहरूलाई न्यायपालिकामा नियुक्त गर्ने गरेको आरोप लाग्दै आएको थियो। तर, यो सरकार त्योभन्दा एक कदम अगाडि बढेर चैनमुखी नियुक्तिमा विश्वास गर्न थालेको छ। सत्तारूढ दलको स्वार्थ जोडिएका मुद्दालाई हेर्ने व्यक्तिहरूलाई बढुवा गर्न खोजिएको छ।”


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

खाम्लुङको सिर्जनशील युवा क्लबद्वारा सान्थाक्राका अग्नि पीडितलाई आर्थिक सहयोग

  रेडियो ताप्लेजुङ मङ्सिर ११ गते । सिर्जनशील युवा क्लब मेरिङदेन गाउँपालिका ३ खाम्लुङले अग्नि पीडित मेरिङदेन गाउँपालिका २ सान्थाक्रा,

SITENAME

गोन्पा विद्यालयले आयोजना गरेको यू–१६ फुटबलमा छात्र /छात्रा दुवैतर्फ पुरस्कार बराबरी

रेडियो ताप्लेजुङ मङ्सिर १० गते । साङ्क देछ्योलिङ गोन्पा विद्यालय फुङ्लिङ नगरपालिका ९ को वार्षिकोत्सवको अवसरमा नगरपालिकाभित्रका विद्यालयहरूबीच

SITENAME

नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग

रेडियो ताप्लेजुङ मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई