ताजा खबर

ताप्लेजुङबाट दुई दिनमा दुई बेवारिसे व्यक्तिको उद्धार

SITENAME


रेडियो ताप्लेजुङ
कार्तिक २० गते ।

ताप्लेजुङबाट पछिल्लो दुई दिनको अवधिमा दुई जना बेवारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गरिएको छ।

सामाजिक संस्था ‘होप फर अल’ र ताप्लेजुङस्थित विश्वकर्मा युवा सङ्गठनका अध्यक्ष प्रकाश विश्वकर्माको सक्रियतामा छुट्टाछुट्टै घटनामा दुई जनाको उद्धार गरिएको हो।

विश्वकर्माको पहलमा फुङ्लिङ बजारमा बेवारिसे अवस्थामा हिड्ने अन्दाजी ६५ वर्षीय बुद्धवीर लिम्बूको उद्धार गरी विहिबार मानव सेवा आश्रम काँकडभिट्टा पठाइएको छ। लिम्बूको उद्धारका लागि विभिन्न व्यक्तिहरूले समेत सहयोग गरेको विश्वकर्माले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभएको छ।

यस्तै, ‘होप फर अल’ले सदरमुकामस्थित वीरेन्द्रचोक आसपासमा बेवारिसे अवस्थामा हिड्ने २३ वर्षीय युवकको उद्धार गरेको छ। मानसिक सन्तुलन ठीक नभएका फक्ताङलुङ गाउँपालिका–५ का अभिषेक लिम्बूलाई उद्धार गरी शुभारम्भ फाउन्डेसन बिर्तामोड पठाइएको संस्थाका अध्यक्ष मौसम गुरुङले जानकारी दिनुभएको छ।

गुरुङका अनुसार लिम्बूलाई केही समयअघि सर्पले टोकेको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाउँदा उनको मानसिक सन्तुलनमा समस्या आएको बताइएको छ। सोही अवस्थालाई मध्यनजर गर्दै उनको उद्धार गरिएको गुरुङले बताउनुभयो।

दुवै उद्धारकर्ताले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।


                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

स्थानीय सरकारले वन ऐन ल्याउनुपर्नेमा ताप्लेजुङका सरोकारवालाको जोड

  रेडियो ताप्लेजुङ कार्तिक २१ गते । सामुदायिक वनको संरक्षणका लागि स्थानीय सरकारले वन ऐन अनिवार्य रूपमा जारी गर्नुपर्नेमा ताप्लेजुङका

SITENAME

दक्षिण कोरिया समाज ताप्लेजुङ र युक्रे समाजद्वारा दोभान अग्नि पीडितलाई सहयोग

रेडियो ताप्लेजुङ कार्तिक २१गते । दक्षिण कोरिया समाज ताप्लेजुङ र युके समाज नेपालले दोभानका आगलागि प्रभावित परिवारलाई राहत वितरण गरेका छन्

SITENAME

ताप्लेजुङ प्रशासनको आग्रह : देउसी–भैलो लगायतका कार्यक्रम मर्यादित ढङ्गले सञ्चालन गरौँ

रेडियो ताप्लेजुङ कार्तिक २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिम्मेवार र मर्यादित ढङ्गले चाडपर्व मनाउन जिल्लावासीमा आग्रह गरेको छ।