ताजा खबर

चैतदेखि अवरुद्ध ताप्लेजुङ ओलाङचुङगोलामा मङ्गलबार साना सवारी पुगे

SITENAME

मंसिर ८, २०८३
ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सडक मर्मतपछि मङ्गलबार ९आज० देखि सवारी साधन पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल नेतृत्वको सुरक्षा अधिकारीको टोली दुईवटा सवारी साधन लिएर ओलाङचुङगोला पुगेका छन् ।
योसँगै एउटा भाडाको गाडीपनि पुगेको फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले बताएका छन् ।
‘गाउँदेखि २० मिनेट तल देउरालीसम्म चाँहि हामी आएको सवारी पुग्यो । त्यहाँ सडकको ग्रेड नमिलेकाले उकालो चढ्न सकेन,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘स्काइभेटरबाट सडक मर्मतपछि सवारी बस्तीमा पुग्ने भएको छ ।’
सडक कार्यालय र हाइड्रो पावरको स्काभेटर समेतगरी तीनवटा मेसिन लगाएर सडक मर्मत गरिएको प्रजिअ दाहालले बताए ।
वडाध्यक्ष शेर्पा लामाका अनुसार बस्तीदेखि तीन घण्टाको पैदल दूरीमा रहेको जोङ्गीनसम्म दुई साता अघिनै सवारी पुगेका थिए ।
बर्खाको भेलबाढी र ठाडा खोलामा पानीको बहावका कारण गत चैत महिनादेखि फक्ताङलुङ ६ लेलेपको इलाडाँडा देखिको सडक अवरुद्ध भएको थियो ।
यहाँबाट ओलाङचुङगोलाको वस्तिसम्म हिँडेर पुग्न झण्डै एकदिन पैदल हिँड्नु पर्छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली हाइड्रोपावरको दुईवटा पिकअप गाडी लिएर ओलाङचुङगोला गएका छन । एउटा भाडाको ट्याक्सी पुर्‍याइएको छ ।
उता, लगातार घमाइलो भइरहँदा नेपालचीन सिमाना टिपताला भन्ज्याङको चीन तर्फको  सडकको हिउँपनि पन्साउन सुरु भएको सूचना प्राप्त भएको वडाध्यक्ष शेर्पाले बताए ।
चीनको डिङजे काउण्टीले रिउ तर्फको सडकको हिउँ पन्साउन थालेको हो ।
चीनको रीउमा आफन्त भेट्न गएका याङमामा दुई पुरुष र ५ महिलागरी ७ जना रिउमा रोकिएका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

सिद्धकाली मावि दोखुलाई ८थान ल्यापटप सहयोग

रेडियो ताप्लेजुङ मङ्सिर ८गते ।ट्रेकिङ एजेन्सी कम्पनी 'प्राइम हिमालयन प्राली 'ले ताप्लेजुङ सदरमुकामस्थित सिद्धकाली मावि दोखुलाई आठ थान ल्यापटप

SITENAME

क्षेत्र विकास समितिको खर्च विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न जेन्जी काउन्सिलको चुनौती

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।‘द काउन्सिल अफ जेन्जी ताप्लेजुङ’ले पाथीभरा क्षेत्र विकास समितिलाई २४ घण्टाभित्र खर्चको विवरण सार्वजनिक गर्न

SITENAME

टिपतलामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते । नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली