३९ घण्टापछि जीवितै उद्धार
संखुवासभा, असार ३ गते । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा बेपत्ता भएका चारजनाको ३९ घण्टापछि जीवितै उद्वार भएको छ । शुक्रबार राति करिब ८ः४० बजे पहिरो खस्दा बेपत्ता भएका दुई भारतीयसहित चारजनाको ३९ घण्टापछि जीवितै उद्वार गरिएको हो । बेपत्ता भएका कालिकोटका कामदार ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका-१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्वार भएको हो । मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो। पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको थियो । सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाए पनि फसेकालाई निकाल्न सकिएको थिएन । लामाे समयकाे प्रयासपछि आइतबार बिहान साढे ११ बजे उनीहरुको उद्वार भएकाे हो ।
from annapurnapost
शुक्रबार देखि नेपाल - तिब्बत सिमाना टिपताला नाका करिब पाँच वर्षपछि खुल्यो
प्रिशा बस्नेत ताप्लेजुङ, जेठ १२ गते। करिब पाँच वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका खुलेको छ । कोरोना भाइरस
ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
प्रतिकृया दिनुहोस