ताजा खबर

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

RadioTaplajung

 

फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । युएईले टस जितेर ब्याटिङ रोजेको छ ।


एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । एसिया कप खेल्ने नेपाललाई स्वर्णिम अवसर हो । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । सेमिफाइनलमा नेपालले तुलनात्मक रुपमा केही सहज विपक्षी टोलीलाई पाएको छ । थाइल्यान्ड र युएईसँग पर्दा केही कठिन हुन सक्थ्यो ।

पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । पछिल्लो समय नेपाली क्रिकेट क्रिकेटको स्तर खस्किदै गएको छ । जसले लोकप्रियता पनि घटेको देखिन्छ । त्यसैले आज मलेसियालाई हराउन सके महिला टोलीले माहोल पुनः फर्काउन सक्छ ।


नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् । कुवेतलाई हराउन सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चार मध्य तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतक हानेकी थिइन् । आफ्नो करिअरको अन्तिम समयतिर आएका यी दुई खेलाडीको लागि पनि ठूलो अवसर हो । उच्च लयमा रहेका सीता र रुविनाले महत्वपूर्ण खेलमा उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

कप्तान इन्दु बर्मा, डली भट्ट, कविता जोशी र अप्सरी बेगमले ब्याटिङमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ । बलिङमा कविता कुँवर र अश्मिना कर्माचार्यको जोडीले सुरुवात विकेट दिलाउन आवश्यक पर्दछ । पुजा महतोले अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् ।

मलेसिया घरेलु मैदान र कन्डिसनको भरपूर फाइदा उठाउने सोचमा छ । मलेसियाकी वान जुलिया र विनिफ्रेड दुराईसिंघम प्रमुख दुई ब्याटर हुन् । कप्तान विनिफ्रेडको विकेट निकै महत्वपूर्ण हुनेछ । इल्सा हन्टर र मास एलिसा मध्यक्रमका ब्याटर हुन् । मास एलिसा र इजाती इस्लामी दुई प्रमुख बलर मानिन्छन् ।

यस प्रतियोगितामा नेपाल र मलेसिया दुबै अपराजित छन् । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

 विहीवार नेपालले नामिबियासँग खेल्दै

 विहीवार नेपालले नामिबियासँग खेल्दै   फागुन ३ गते । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक लिग-२ को शृङ्खला आजदेखि शुरु हुँदैछ