ताजा खबर

साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने

SITENAME

रेडियो ताप्लेजुङ

मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल प्रतियोगिताको उपाधिका लागि मरिक एफसी धरान र फेदाप गाउँपालिका तेह्रथुमबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिबार भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा धरानले पाँचथरको कुम्मायक कुसायक एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै फेदाप गाउँपालिका फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल महोत्सवको समापनका दिन आइतबार हुनेछ।

प्रतियोगिताका विजेता र उपविजेतासहित विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कारको सट्टा अलैँची प्राप्त गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीले भोलिको बजारभाउअनुसार ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीका लागि १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि निलगिरी मावि मेहलेद्वारा महायज्ञको आयोजना

रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।सिदिङ्वा गाउँपालिका ६ मेहलेमा अवस्थित निलगिरी माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि

SITENAME

प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि निलगिरी मावि मेहलेद्वारा महायज्ञको आयोजना

रेडियो ताप्लेजुङ   मङ्सिर ५ गते ।सिदिङ्वा गाउँपालिका ६ मेहलेमा अवस्थित निलगिरी माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि

SITENAME

फुङ्लिङमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको आँखाको शल्यक्रिया

रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।विश्वप्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतहितको टोलीद्वारा आजदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा