फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक स्वीकृत कार्यक्रम " हिमाली भेगका लागि पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम " साथै खोरेत रोग विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। जस अन्तर्गत समुद्र सतहदेखि ३२०० मिटरको ओलाङचुङगोला र ४२०० मिटर उचाइमा रहेको याङमा बस्तीमा शिविर सम्पन्न भएको छ। पालिकाका एक देखि ७ तहसम्म संवेदनशील क्षेत्रमा कोप कार्यक्रमको लक्ष्यअनुसार शिविर सञ्चालन गरिएको बताइएको छ । उक्त कार्यक्रमबाट स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा परामर्श र पशुपालन व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिँदै पालिकाले शिविर सञ्चालन गर्नका निमित्त सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना
रेडियो ताप्लेजुङ असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको

ताप्लेजुङ अस्पतालको निर्माणाधीन भवनको विषयमा चाँडै निर्णय लिन्छौँ : सांसद थापा
रेडियो ताप्लेजुङ असोज २७ गते । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान २०८३’ अन्तर्गत ताप्लेजुङ

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा








प्रतिकृया दिनुहोस