दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली
ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित पीडितहरूलाई बिहीबार ३ लाख ५२ हजार बढी आर्थिक सहयोग प्राप्त भएको छ। मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ .किलिङ घर भै हाल अमेरिकामा कार्यरत सोनाम डोमा शेर्पा ,ओङदी शेर्पा तथा तोक्पेगोला स्पोर्ट्सको विशेष पहलमा सङ्कलित रकम अग्नि पीडितहरूलाई हस्तान्तरण गरिएको हो। मेरिङदेन गाउँपालिका ३ नम्बर वडा अध्यक्ष गजेन्द्र कुमार नाल्बोको रोहबरमा १६ परिवारलाई २२ हजारका दरले ३ लाख ५२ हजार ५०० सहयोग प्राप्त भएको मेरिङदेन गाउँपालिकाले जनाएको छ। पालिका अन्तर्गत विपद व्यवस्थापन समितिका अनुसार बुधबार पतञ्जलि योग नेपाल ताप्लेजुङले १८ हजार ४०० आर्थिक सहयोग गरेको थियो। गत असोज ८ गते दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षेत्रका १० घर जलेर नष्ट भएका छन् भने करोडौँको क्षति भएको छ। पीडितको पुनरुत्थानका लागि सहयोग गरिदिन पालिकाले सम्पूर्णमा आह्वान गरेको छ।

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख
रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार

फुङ्लिङका बजार पसल कात्तिक २७ गतेसम्म शुक्रबार पनि खुला रहने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १४ गते । शुक्रबार बन्द हुँदै आएका ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बजार तथा पसल चाडपर्वलाई लक्षित गरी असोज १६ गतेदेखि








प्रतिकृया दिनुहोस