फुङ्लिङमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको आँखाको शल्यक्रिया
..jpeg)
रेडियो ताप्लेजुङ
मङ्सिर ५ गते ।विश्वप्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतहितको टोलीद्वारा आजदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चारदिने निःशुल्क आँखा शिविर सुरु भएको छ।
डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको प्राङ्गणमा सञ्चालित शिविरको पहिलो दिन आज ३६६ जनाको आँखाको परीक्षण गरिएको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार आँखाको परीक्षण गराउनेमा १७७ जना पुरुष र १८९ जना महिला रहेका छन्।
डाक्टर रुइतको लगानीमा निर्माण सम्पन्न भएको सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष तथा शिविरको उद्घाटन कार्यक्रम रहेकाले दिउँसो २ बजेदेखि मात्रै आँखाको परीक्षण सुरु गरिएको सचिव गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार आज ६८ जनाको आँखाको शल्यक्रिया गरिएको छ। शल्यक्रिया गराउनेमा ३६ जना महिला र ३२ जना पुरुष रहेका छन्।
भोलि बिहान ८ बजे सदरमुकाम फुङ्लिङस्थित होटल 'जन्नु इन' मा आज शल्यक्रिया गराएका बिरामीको आँखाको पट्टी खोलिने आयोजक नेपाल नेत्रज्योति संघले जनाएको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, रोहित फाउन्डेसन काठमाडौँ, फुङ्लिङ नगरपालिका र लायन्स क्लब अफ काठमाडौँको संयुक्त आयोजनामा सुरु भएको शिविरमा पहिलो दिन उल्लेख्य संख्यामा सेवाग्राहीको उपस्थिति रहेको बताइएको छ।
शिविरमा डाक्टर रुइतसँगै अमेरिकी नेत्ररोग विशेषज्ञ डाक्टर जियात विलियमको समेत सहभागिता रहेको छ। यस्तै, डाक्टर रुइतका छोरा डाक्टर सागर रुइतले समेत शिविरमा सेवा प्रदान गरिरहनुभएको आयोजकले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि निलगिरी मावि मेहलेद्वारा महायज्ञको आयोजना
रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।सिदिङ्वा गाउँपालिका ६ मेहलेमा अवस्थित निलगिरी माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि

प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि निलगिरी मावि मेहलेद्वारा महायज्ञको आयोजना
रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।सिदिङ्वा गाउँपालिका ६ मेहलेमा अवस्थित निलगिरी माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि
..jpeg)
साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने
रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल


..jpeg)
..jpeg)

..jpeg)

..jpeg)

प्रतिकृया दिनुहोस