पार्टीका कार्यकर्ता मात्रै राखिएको आरोप लगाउनेहरूले नै धेरै योजना गरेका छन् : कार्यकारी निर्देशक हाङबाङ
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर ९ गते । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङबाङले समितिका योजनामा पार्टीका कार्यकर्ता मात्रै सहभागी गराइएको आरोप लगाउने ‘द काउन्सिल अफ जेन्जी ताप्लेजुङ’का व्यक्तिहरूले नै पटक–पटक विभिन्न योजनामा काम गरेको बताउनुभएको छ।
बुधबार क्षेत्र विकास समितिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकांश काम उपभोक्ता समितिमार्फत हुने गरेको उल्लेख गर्नुभयो।
“वडाबाट उपभोक्ता समिति गठन भएर आउने हो र त्यसले काम गर्ने हो। अर्को भनेको सार्वजनिक खरिद ऐनअन्तर्गत गरिने हो। जो साथीहरूले आसेपासेलाई काममा लगाए भन्नुभएको छ, उहाँहरूले पनि धेरैपटक यस्ता योजनामा काम गर्नुभएको छ,” हाङबाङले भन्नुभयो।
अनियमितता भएको आरोप लगाउँदै काउन्सिलले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएको र त्यसबारे आफूहरूलाई पत्र आएको हाङबाङले पत्रकार सम्मेलनमा खुलाउनुभयो।
उक्त पत्रको जवाफ कानुनी प्रक्रियाअनुसार पठाइसकेको उहाँले बताउनुभयो। काउन्सिलले लगाएका आरोप प्रमाणित गर्न सके आफूहरू कारबाही भोग्न तयार रहेको समेत उहाँको भनाइ थियो।
क्षेत्र विकास समितिमा कार्यरत कर्मचारीहरूको पोसाक र जीवनशैलीमाथि समेत प्रश्न उठाइएको भन्दै उहाँले आफ्नै कुरा गर्ने हो भने जीवन धान्नसमेत पैसा नभएको बताउनुभयो। साथै, आफ्नो बैंक खातामा रहेको रकमको विवरणसमेत दिन सक्ने उहाँले उल्लेख गर्नुभयो।
पाथीभरामा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको खानेपानी आयोजनामा पानी नै नझरेको विषयमा धारणा राख्दै कार्यकारी निर्देशक हाङबाङले उक्त योजना आफू आउनुभन्दा अघिको भएको र केही समय पानीसमेत झरेको बताउनुभयो।
तर, उक्त क्षेत्रमा बारम्बार चट्याङ पर्ने भएकाले समस्या आउने गरेको उहाँले उल्लेख गर्नुभयो। विज्ञहरूसँग समेत छलफल गर्दा लिफ्टिङ प्रविधि तराई क्षेत्रमा समेत त्यति प्रभावकारी नभएको सुझाव आएपछि मर्मतसम्भार गर्न छोडिएको उहाँको भनाइ छ।
पाथीभरा क्षेत्र विकास समितिमा बेथिति हुने गरेको भन्दै काउन्सिलले सामाजिक सञ्जालमार्फत विभिन्न विषय सार्वजनिक गरेको थियो। त्यसपछि पत्रकार सम्मेलनसमेत गरेर बेथितिविरुद्ध अझ सशक्त रूपमा प्रस्तुत हुने जनाएको थियो।
यसैबीच, क्षेत्र विकास समितिले सङ्कलन भएको भेटी तथा जिन्सी सामग्री कार्यालयमा ल्याएर प्रत्येकपटक प्रहरी र सीसी क्यामेराको निगरानीमा गणना गर्ने गरिएको जनाएको छ। समितिका अनुसार गणना गरिएको रकम सोही दिन बैंकमा जम्मा गर्ने गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

दशौँ राष्ट्रिय खेलकुदमा ताप्लेजुङबाट बुद्धिचालमा छनोट भए सेम सुब्बा
रेडियो ताप्लेजुङ मङ्सिर ९ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालको कोशी प्रदेश छनोटमा ताप्लेजुङका सेम सुब्बा छनोट भएका छन्।

मैवाखोलाले उद्यमीलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने
रेडियो ताप्लेजुङ मङ्सिर ९ गते । मैवाखोला गाउँपालिकाले पालिकाभित्र उद्यम गर्न चाहने व्यक्तिलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको

चैतदेखि अवरुद्ध ताप्लेजुङ ओलाङचुङगोलामा मङ्गलबार साना सवारी पुगे
मंसिर ८, २०८३ ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सडक मर्मतपछि मङ्गलबार ९आज० देखि सवारी साधन पुगेका छन् । प्रमुख जिल्ला अधिकारी उमेश



..jpeg)


..jpeg)
..jpeg)

प्रतिकृया दिनुहोस