खाम्लुङको सिर्जनशील युवा क्लबद्वारा सान्थाक्राका अग्नि पीडितलाई आर्थिक सहयोग
..jpeg)
रेडियो ताप्लेजुङ
मङ्सिर ११ गते । सिर्जनशील युवा क्लब मेरिङदेन गाउँपालिका ३ खाम्लुङले अग्नि पीडित मेरिङदेन गाउँपालिका २ सान्थाक्रा, ओनेमका लाप्साङ शेर्पाको परिवारलाई २१ हजार ५५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
क्लबका अध्यक्ष यामकुमार सामेखामका अनुसार क्लबमा आबद्ध देश तथा विदेशमा रहेका सदस्यहरूबाट रकम सङ्कलन गरी उक्त सहयोग प्रदान गरिएको हो। सङ्कलित रकम शुक्रबार अग्नि पीडित शेर्पाको परिवारलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।
आगलागीबाट घरपरिवारको सम्पूर्ण सम्पत्ति गुमाएका पीडितको पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने उद्देश्यले क्लबका सदस्यहरूले देश तथा विदेशबाट रकम सङ्कलन गरेका हुन्।
यसअघि नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँ कार्यसमितिले समेत उक्त परिवारलाई १९ हजार ७५ रुपैयाँ नगदसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको थियो।
गत मङ्सिर ४ गते मध्यरातमा विद्युत् सर्ट भई आगलागी हुँदा शेर्पाको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। उक्त घरमा शेर्पासहित तीन जना बसोबास गर्दै आएका थिए।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजु

गोन्पा विद्यालयले आयोजना गरेको यू–१६ फुटबलमा छात्र /छात्रा दुवैतर्फ पुरस्कार बराबरी
रेडियो ताप्लेजुङ मङ्सिर १० गते । साङ्क देछ्योलिङ गोन्पा विद्यालय फुङ्लिङ नगरपालिका ९ को वार्षिकोत्सवको अवसरमा नगरपालिकाभित्रका विद्यालयहरूबीच

नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग
रेडियो ताप्लेजुङ मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई

नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग
रेडियो ताप्लेजुङ मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई

..jpeg)


..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस