ताजा खबर

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

SITENAME

रेडियो ताप्लेजुङ

मङ्सिर ६ गते । फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित अलैँची कप फुटबल प्रतियोगिताको उपाधि मरिक एफसी धरानले जितेको छ।

आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै धरान दोस्रो संस्करणको च्याम्पियन बनेको हो।

मिक्वाखोला गाउँपालिका ४, साँवास्थित तेम्बा खेलमैदानमा सम्पन्न फाइनल खेलमा सुरुवाती अग्रता पनि विजेता  धरानले लिएको थियो। खेलको १२औँ मिनेटमा सबिन राईले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए। फेदापले भने खेलको ५२औँ मिनेटमा पूजन चौधरीको गोलमार्फत बराबरी गर्यो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाका लागि टाइब्रेकरमा जानुपरेको थियो। टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा धरानले बाजी मार्दै उपाधि जितेको हो।

 

टाइब्रेकरमा धरानका मिलन लिम्बू, नोगेन लिम्बू, सबिन राई, अमित गजमेर र कृष्ण लिम्बूले गोल गरेका थिए। फेदापका तर्फबाट पूजन चौधरी, जङ्ग खड्का, रोहन चौधरी, निशान राई र रोशन राईले गोल गरेका थिए।

सडन डेथमा धरानका राज लिम्बूले गोल गर्दा फेदापका आविष्कार खड्काको प्रहारलाई धरानका गोलरक्षक विपुल मगरले विफल तुल्याएका थिए।

प्रतियोगिताको विजेता बनेसँगै धरानले आजको बजार भाउअनुसार ३ लाख २०८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गरेको छ। उपविजेता फेदापले १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गरेको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा जारी निःशुल्क आँखा शिविरको दोस्रो दिन ८० जनाको शल्यक्रिया

रेडियो ताप्लेजुङ ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शनिबारदेखि सुरु भएको निःशुल्क आँखा शिविरको दोस्रो दिन आज ८० जना बिरामीको आँखाको शल्यक्रिया गरिएको

SITENAME

फुङ्लिङमा जारी निःशुल्क आँखा शिविरको दोस्रो दिन ८० जनाको शल्यक्रिया

रेडियो ताप्लेजुङ मङ्सिर ६ गते ।  फुङ्लिङमा शनिबारदेखि सुरु भएको निःशुल्क आँखा शिविरको दोस्रो दिन आज ८० जना बिरामीको आँखाको शल्यक्रिया गरिएको

SITENAME

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

रेडियो ताप्लेजुङ मङ्सिर ६ गते । फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित अलैँची कप फुटबल प्रतियोगिताको उपाधि मरिक