रोनाल्डोको एकमात्र गोलमा युभेन्टसले उचाल्यो इटालियन सुपर कपको उपाधि
माघ ३ गते । युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डोको एकमात्र गोलका कारण उसले उपाधि उचाल्न सफल भयो ।
साउदी अरेवीयाको जेदाहमा भएको फाइनलमा एसी मिलानलाई एक शून्यले हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपरकोपाको उपाधि उचाल्न सफल भयो ।
रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि ६१ औं मिनेटमा मिरालीम जानीकको पासमा रोनाल्डोले गोल गर्न सफल भए । सिरी ए लिडर युभेन्टसका लागि यो सिजन रोनाल्डोको यो १६ औं गोल हो ।
त्यसपछि पनि एसी मिलानले खेलमा फर्कन निकै प्रयास गरेको थियो । तर एक पटक प्याट्रिक कुटरोनीको प्रहार क्रसबारमा लागेर फर्कियो ।
७३ औं मिनेटमा एसी मिलानका मिडफिल्डर फ्रान्क किसी रातोकार्ड पाउदै मैदानबाट बाहिरिएपछि टिम झन् दबावमा पर्यो । त्यसपछि दुबै टिमबाट थप गोल भएन र युभेन्टसले उपाधि उचाल्यो । उज्यालो
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस