ताजा खबर

 विहीवार नेपालले नामिबियासँग खेल्दै

RadioTaplajung

 विहीवार नेपालले नामिबियासँग खेल्दै
  फागुन ३ गते । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक लिग-२ को शृङ्खला आजदेखि शुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।

यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्की आईसीसी लिग–२ को क्रिकेट शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ । यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।

लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ छन् ।

यसअघि क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो । तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा