एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि
एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि
३ जेठ । एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३(० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।
एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमनले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे ।
खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए ।
एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो ।
सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।
स्रोतः अनलाइन खबर डट कम
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस