ताजा खबर

कन्चनजंगाको चुचुरोमा चार वर्षपछि मानव पाइला 

RadioTaplajung


ताप्लेजुङः  विश्वको तेस्रो अग्लो शिखर कन्चनजंगा हिमालको चुचुरोमा चार वर्ष पछि मानव पाइला  पुगेको छ । बिहीबार दुई नेपाली र तीन रसियाका आरोहीले आरोहण गरेका हुन्। चार बर्षसम्म आरोहण हुन नसकेको कन्चनजंगा हिमालमा यस बर्ष संखुवासभाका लाक्पा शेर्पा, पेमाछिरिङ शेर्पा, अस्ट्रेलियाका कृस बर्के, जर्मनका हर्वेट र रसियाका सेरर्जेले आरोहण गरेको सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङमा शेर्पाले बताए। आरोही पाँच जनो बुधबार साँझ ५ बजे चुचुरोमा पुगेका हुन्। 

यो बसन्त ऋतुका लागि ५ आरोहण दलका ४४ जना आरोहीले पर्यटन विभागसँग आरोहणका लागि अनुमती लिएका छन्। विभागले सरकारी प्रतिनिधिको रुपमा खटाएको सम्पर्क अधिकृत सन्तोष मोक्तानले भने आरोहण बारे कुनै जानकारी नभएको बताए। काठमाडौंमै रहेका अधिकृत मोक्तानले आरोहण भयो भन्ने सुने तर पुर्ण जानकारी छैन। प्राविधिक कठिनाइले गर्दा कम आरोहण हुने गरेको यो हिमालमा हालसम्म तीन सय ४४ जनाले मात्र आरोहण गरेका छन्।

आरोहणको क्रममा सन् २०१३ र १४ मा लगातार दुर्घटना भएको थियो। कञ्चनजंगामा सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाले ज्यान गुमाएका थिए। त्यसपछि कन्चनजंगा, यालुङ काङ ९८५०५ मीटर० , कन्चनजंगा साउथ ९८४७६ मीटर०, कन्चनजंगा सेन्ट्रल ९८४७३ मीटर, र यालुङ काङ वेस्ट ९८०७७ मीटर० समेत चार बर्षदेखि प्रभावित बनेको छ। 

                                                                                                                                                                                                         अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम