अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट
अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट
जेठ ३१ । अज्ञात समूहले संखुवासभा तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा बुधबार तीन वटा सकेट बम विस्फोट गराएको छ ।
बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र त्यो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताउनुभयो । उहाँका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ ।
पटक–पटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो ।
रासस
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा
माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन
अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु
रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ । कम्पनीले पाँचथर
शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,
प्रतिकृया दिनुहोस