ताजा खबर

हाङदेवा पहिरोमा गयरातीको वर्षाले १ जना वेपत्ता,मोटरसाइकल पुरिएको अवस्थामा फेला

RadioTaplajung

हाङदेवा पहिरोमा गयरातीको वर्षाले १ जना वेपत्ता,मोटरसाइकल पुरिएको अवस्थामा फेला
रेडियो ताप्लेजुङ,असार १ गते । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवाबाट गयराती सदरमुकाम फर्कने क्रममा १ जना वेपत्ता भएका छन् । २६ वर्षीय सनम राई वेपत्ता भएका हुन् । इलाम घर भएका राई हाङदेवाबाट राती ११ः४० बजे साथीसहित मोटरसाइकलमा सदरमुकाम फर्कने क्रममा मुसलधारे वर्षाका कारण बगेको ढुङगामाटोसँगै वेपत्ता भएको प्रहरीले आशङ्का गरेको छ । मोटरसाइकल भने ढुङ्गा र माटोले थिचिएको अवस्थामा फेला परेको छ । मोटरसाइकल नं. भने खुलेको छैन् । घटनास्थलतर्फ विहानै प्रहरी परिचालन गरिएको छ । घटनास्थल पुगेर अनुसन्धान जारी रहेको डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । हाङ्देवामा केहीदिनयता विद्युत सेवा अवरुद्ध भएकाले टिभी हेर्न जेनेरटेर बनाउन गएर फर्किएको बताइएको छ । राई पाथीभरा वर्कसपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
यसैबिच सदरमुकाम–सुकेटार सडकखण्डस्थित उकालीपानी सडक अवरुद्ध छ । सडकभन्दा करिब ४० मिटरमाथिबाट झरेको ढुङ्गा र माटोको थोप्रोले सडक पुरिएको छ । बैकल्पिक कच्ची सडकबाट असहज तरिकाले सवारी साधन संञ्चालन भएको छ ।
तस्बिरःसदरमुकाम सुकेटार सडक खण्डमा गएको पहिरोको थुप्रो हो ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम