विश्वकप फुटबलःइङ्ल्यान्ड र क्रोएसिया सेमिफाइनलमा,रुस र स्विडेन बाहिरिए
विश्वकप फुटबलःइङ्ल्यान्ड र क्रोएसिया सेमिफाइनलमा,रुस र स्विडेन बाहिरिए
असार २४ गते । इङ्ल्यान्ड र क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराती रुसको सामरा एरिनामा भएको क्वाटरफाइनलमा स्विडेनलाई २(० ले हराउँदै सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
खेलको ३० औं मिनेटमा इङ्ल्यान्डले अग्रता लियो । आस्ले योङको कर्नर प्रहारमा ह्यारी म्याग्वायरले हेडिङमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएका हुन् ।
दोस्रो हाफको ५८ औं मिनेटमा इङ्ल्यान्डले अग्रता दोब्बर पा¥यो । जेस्सी लिङ्गार्डको पासमा डेले अलीले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका हुन् ।
यसपछि खेलमा स्विडेनले केही अवसर सिर्जना गरेपनि इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डले लगातार उत्कृष्ट बचाउ गर्दै गए ।
जितसँगै इङ्ल्यान्ड सन् १९९० पछि पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा इङ्ल्यान्डले क्रोाएसियाको सामना गर्नेछ । गएराति भएको अन्तिम क्वाटरफाइनलमा आयोजक रुसलाई पराजित गर्दै क्रोएसियाले इङ्ल्यान्डविरुद्धको सेमिफाइनल भिडन्त तय गरेको हो ।
सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया टाई ब्रेकरमा विजयी भयो । खेलको ३१ औं मिनेटमा रुसले अग्रता लियो ।
डेनिस चेरिसेभले उत्कृष्ट गोल गदै घरेलु टोलीलाई अग्रता दिएका हुन् ।
३९ औं मिनेटमा क्रोएसियाका मारियो मान्डुकिचको पासमा आन्द्रे क्रामारिचले गोल फर्काउँदै खेल बराबरी गरे । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन ।
अतिरिक्त समयको १० औं मिनेटमा क्रोएसियाका भिडाले एक गोल गर्दै टोलीलाई खेलमा पहिलो पटक अग्रता दिए ।
तर थपिएको समय सकिन ५ मिनेट मात्रै बाँकी छँदा रुसका मारियो फर्नान्डेसले एक गोल गरेपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरमा क्रोएसिया ४(३ ले विजयी भयो ।
रुसका फेडोर स्मोलोभ र मारियो फर्नान्डेसको प्रहार बिफल हुँदा क्रोएसियाका कोभासिसको प्रहार रुसी गोलकिपरले बचाएका थिए ।
राउण्ड अफ सिक्सटिनको खेलमा डेनमार्कलाई टाई ब्रकेरमा हराएको क्रोएसियाले गएराति क्वाटरफाइनल खेलमा पनि टाईब्रेकरमा नै परिणाम आफ्नो पक्षमा पारेको हो ।
यो जितसँगै क्रोएसिया दोस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप खेल्दा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर
फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा
प्रतिकृया दिनुहोस