ताजा खबर

ताप्लेजुङमा जुम्ल्याहा छोरी मारेर चर्पीमा फ्याँकेको आरोपमा आमा पक्राउ

ताप्लेजुङमा जुम्ल्याहा छोरी मारेर चर्पीमा फ्याँकेको आरोपमा आमा पक्राउ
रेडियो ताप्लेजुङ, भदौ १ गते । जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ की २० वर्षीया कमला विकलाई आफ्नै जुम्ल्याहा छोरी गंगा र जमुनालाई साउन २६ गते हत्या गरि चर्पीमा फ्याँकेको आरोपमा शुक्रबार गिरफ्तार गरेको छ ।
इटहरीबाट धरान जाँदै गरेकी महिलालाई शुक्रबार दिउँसो पक्राउ गरि ताप्लेजुङ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।
माइतीघरको चर्पीमा १० महिनाकी गंगा मृत अवस्थामा र जमुनालाई (ढुकढुकी) अवस्थामा साउन ३१ गते स्थानियबासीले उद्धार गरेको थियो । स्थानियबासीले १२ हजार रुपैयाँ संकलन गरि जमुनालाई उपचारका लागि सोही दिन झापा लगिएको थियो । यद्यपी उनको झापाको मनमोहन अस्पतालमा साउन ३१ गते नै मृत्यू भएको थियो । मृतक गंगा र जमुनाको बुवाको टुंगो लागेको छैन् । पक्राउ परेकाले अब अनुसन्धानको पाटो सुरु भएकाले हत्या बारे वास्तविकता चाँडै सार्वजनिक गर्ने प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

 

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम