ताजा खबर

रोनाल्डोले क्लब छोडेपछिको पहिलो ला लिगामा रियल मड्रिडको सहज जित

RadioTaplajung

रोनाल्डोले क्लब छोडेपछिको पहिलो ला लिगामा रियल मड्रिडको सहज जित
 भदौ ४ गते । रियल मड्रिडले नयाँ सिजनको ला लिगामा जितका साथ प्रतियोगिता सुरु गरेको छ ।

क्रिस्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छोडेपछि पहिलो पटक ला लिगामा उत्रिएको रियलले गेटाफेलाई दुई शून्यले हरायो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियलको जितमा ग्यारेथ बेल र डानीयल कार्भाजलले एक एक गोल गरे ।

स्पेनीस सुपर कपको फाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि पहिलो पटक मैदानमा उत्रिएको रियलले २० औं मिनेटमा डानीयलको गोल मार्फत अग्रता बनायो । पहिलो हाफमा एक गोलले अगाडि रहेको रियालले ५१ औं मिनेटमा दोस्रो गोल गर्यो ।

यसपटक उसका लागि ग्यारेथ बेलले गोल गरे । त्यसपछि पाहुना टिम गेटाफे खेलमा फर्कन सकेन र रियालले सुरुवाती तीन अंक जोड्न सफल भयो । स्रोतः उज्यालो अनलाइन
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न 

प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते  आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव  २०८१ को अवसरमा  सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी