ताजा खबर

बिमस्टेक संरचना फेरिँदै

बिमस्टेक संरचना फेरिँदै
भदौ ४ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) ले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र लागूऔषध कारोबारविरुद्ध लड्न सहकार्य बढाउने गरी बडापत्र (चार्टर) जारी गर्ने तयारी गरेको छ ।

यसका लागि तीन शिखर सम्मेलनले पारित गरेका सम्झौता र महासन्धिलाई सदस्य मुलुकका संसद्ले अनुमोदन गरी बडापत्र जारी गर्ने प्रक्रिया सुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी ‘बिमस्टेक महासन्धि’ नाम दिइए पनि प्रस्तावित बडापत्रमा सदस्य राष्ट्रबीच आर्थिक र जनस्तरको सहकार्यलाई पनि महत्त्व दिइएको छ । आतंकवादविरुद्ध ऐक्यबद्धताका साथै आर्थिक सहकार्यमा बडापत्रले जोड दिने र बिमस्टेक सचिवालयलाई परियोजना कार्यान्वयनको जिम्मेवारीसमेत दिने तयारी सदस्य राष्ट्रहरूको छ । चार्टरको मस्यौदामा सदस्य राष्ट्रबीच छलफल जारी छ ।

बिमस्टेक स्थापना भएको २० वर्षपछि यसको बडापत्र तयार गरेर सक्रिय संगठनका रूपमा अघि बढाउन लागिएको हो । सम्मेलनले चार्टर, आगामी सहकार्यको दायरा, यस क्षेत्रको विकास, आतंकवादरउग्रवादरसांगठनिक अपराधविरुद्ध सहकार्य, आर्थिक सहकार्य, सचिवालयको दायरा विस्तारलगायतका विषयमा निर्णय लिने जनाइएको छ ।

भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्डका राष्ट्र एवं सरकार प्रमुखको सहभागिता रहने उक्त सम्मेलनले आतंकवादविरुद्ध एक हुँदै साझा विकास र आर्थिक उन्नतिमा जोड दिने भएको छ । सार्क र दक्षिण पूर्वी एसियाली संगठन ९आसियान० को पुलका रूपमा काम गर्न स्थापना भए पनि अहिले यसलाई स्वतन्त्र हैसियतमा सक्रिय बनाउन पनि सदस्य राष्ट्रले जोड गरेका छन् । आर्थिक सहकार्यसँगै विकासको बाधकका रूपमा रहेका सूचकांकविरुद्ध पनि यो संगठनले काम गर्ने गरी चार्टर बनाउन छलफल भइरहेको जनाइएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बिमस्टेकको तयारी तीव्र रूपमा अघि बढेको बताए । ‘संगठन स्थापनाको २० वर्ष पुगिसकेकाले यसलाई थप सशक्त बनाएर अघि बढाउन प्राविधिक काम भइरहेका छन्,’ उनले भने । सचिवालय विस्तार गर्ने, बडापत्र बनाउने, आर्थिक सहकार्यको क्षेत्र पहिचान गर्ने लगायतमा काम भइरहेको बैरागीले बताए ।

‘धेरै क्षेत्र ओगटेर काम नहुनुभन्दा थोरै तर सम्भव हुने क्षेत्रमा आधारित रहेर काम अघि बढ्नेछ,’ उनले भने, ‘हामीले सार्कमा हुन नसकेको विषय यसमा अघि बढाउने हो । तर बिमस्टेक सार्कको प्रतिस्पर्धी होइन ।’ स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा