ताजा खबर

योजना सञ्चालन प्रक्रिया सिक्दै उपभोक्ता

RadioTaplajung


सीताराम गुरागाई । मानबहादुर गुरुङ सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष हुन् । घरै छेउमा सडक पु¥याउने योजनामा वडाले बजेट विनियोजन गरेपछि त्यसलाई सञ्चालन गर्न गुरुङको अध्यक्षतामा समिति गठन पनि गरियो । तर, नयाँ संरचाना अनुसार योजना सञ्चालन गर्नुपर्ने र माघ भित्रै काम सक्नुपर्ने नगरपालिकाको निर्णयले समयमा सम्पन्न नगरिएका की भनेर उनलाई झस्कायो । अहिले गुरुङ काम राम्रो हुनेमा ढुक्क छन् । ‘अब योजना कसरी सञ्चालन गर्ने भन्ने अन्योल छैन,’ गुरुङले भने,‘नगरपालिकाले दिएको तालिमले छर्लङ्ग भयो ।’ फुङलिङ नगरपालिकाले तालिम दिएपछि उनलाई नयाँ व्यवस्था अनुरुपको प्रक्रिया थाहा भएको हो । नगरले कार्तिक दोस्रो हप्तासम्ममा योजनाको सम्झौता र माघसम्ममा कामै सक्ने निर्णण सहितको उपभोक्ता समति कार्यविधि जेठमै पारित गरेको छ । विकासका आयोजनालाई प्रभावकारी बनाउने उद्देश्यसहित स्थानीय तहले उपभोक्ता समितिलाई तालिम दिएको जनाएका छन् । समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई दिइने तालिममा उपभोक्ता समितिको काम, कर्तव्य अधिकार, योजनाको विवरण, गुणस्तर, अनुगमन प्रक्रिया, उपभोक्ताको योगदान, लागत, भुक्तानी प्रक्रिया हस्तान्तरण, सामाजिक परिक्षण जस्ता विषयको जनकारी गराइने फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले बताए । उपभोक्तालाई नयाँ प्रावधानका बारेमा जानकारी नहुँदा गत आर्थिक वर्षमा केहि कठिनाई भएको हुँदा ११ वटै वटाका समितिलाई तालिम दिनुपरेको भट्टराईले बताए । तालिमको मुख्य उद्देश्य नै स्थानीय सरकारको अनुभुति हुने गरी काम गरेर जनातालाई देखाउनु रहेको भट्टराईको भनाई छ । ‘खासगरी उपभोक्ताहरु योजनाको प्राविधिक स्टमेट र भुक्तानी प्रक्रियामा बढी अलमलिएको पाइयो, स्टमेट उपभोक्ताले नबुझ्ने प्राविधिकले पनि नबुझाउने हुँदा अलमलमा परे,’ वडा नं २ का अध्यक्ष मोहन न्यौपानेले भन्छन्,‘त्यहि कुरा बुझाउन पनि तालिम दिनुपर्ने अवस्था आयो ।’ नगरपालिकाले सबै योजनाको उपझोक्ता समिति गठन गरिसकेको छ । ‘अब पहिलोको जस्तो बैसाखमा थालेर असारमा हतार हतार काम सक्ने अवस्था छैन,पहिलाको व्यवस्थामा समितिले पान नम्बर भएको बिल पेस गर्दा हुन्थ्यो, अहिले भ्याट बिल चाहिन्छ,वहाल कर, आय कर, कन्टिन्जेन्सी जस्ता नयाँ व्यवस्था छन् ।’ वडा नं ८ का अध्यक्ष पदम पालुङ्वा भन्छन्,‘यो सबै कुरा पहिल्यै थाहा भयो भने काम राम्रो हुन्छ ।’ तालिमले योजना सम्झौता देखि हस्तान्तरणसम्मकै बारेमा जानकारी प्राप्त भएको शेर्पाटोल–वैदारे मोटरबाटो समतिका अध्यक्ष रेञ्जि शेर्पाले बताए । गाउँका टाठा–बाठाहरु समितिको पदाधिकारीमा बस्ने, सिधालाई सदस्यमा राख्ने र सहिमात्र गराएर बिल मिलाउने परिपाटिको अन्त्य गर्नकै लागि कार्यविधिमै उपभोक्ताको क्षमता विकास गर्ने उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । माघसम्ममा सबै योजनाको काम उपझोक्ताले सम्पन्न गरिसक्नुपर्ने हुन्छ । नसके फागुनमा नगर परिषद् बस्ने र नसक्ने योजनाको बजेट अरु शिर्षकमा खर्च गर्ने गरि परिवर्तन गर्न सकिने वडाध्यक्ष पालुङवाले बताए । फुङलिङ नगरपालिकाले चालू आर्थिक वर्षमा १७ करोड १८ लाख ६१ हजार रुपैयाँ विकास बजेट विनियोजन गरेको छ । उता आठराई त्रिवेणी गाउँपालिकाले पनि उपभोक्ता समितिलाई तालिम दिइरहेको छ । वडा नं १ निघुरादिनबाट सुरु गरिएको तालिम चाँगेसम्मका उपभोक्तालाई दिइने गाउँपालिकाले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम