नेपालको लगातार चौथो जित
नेपालको लगातार चौथो जित
असोज २३ गते । आईसीसी विश्व ट्वान्टी–२० क्रिकेट एसिया छनोट ‘बी’ को चौथो खेलमा नेपालले मंगलबार भुटानलाई हराएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनले पराजित गर्यो । यो नेपालको लगातार चौथो जित हो ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३३ रनमा सबै विकेट गुमाउन पुग्यो। नेपालको तर्फबाट प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए। यस्तै बलिङमा ललित राजबंशी र सन्दीप लामिछानेले ३र३ विकेट तथा बसन्त रेग्मीले २ विकेट हात पारे।
भुटानका तेन्जिङ वाङचुकले मात्रै डबल अंकको स्कोर बनाउन सके। उनले १९ बलमा ११ रन बनाए। भुटानका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। ४ जना व्याट्सम्यान त शुन्यमा नै आउट भए।
३ वर्षपछि राष्ट्रिय टिममा फर्केका प्रदीप ऐरी प्लेयर अफ दि म्याच भए। ई कान्तिपुर
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर
फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा
प्रतिकृया दिनुहोस