ताजा खबर

अन्तराष्ट्रिय बालिका दिवसःरेडियो ताप्लेजुङमा बाल विवाह विषयमा नुवमी राई,अनिता पन्दाक र टीका लिम्बुबिच बहस

RadioTaplajung

अन्तराष्ट्रिय बालिका दिवसःरेडियो ताप्लेजुङमा बाल विवाह विषयमा नुवमी राई,अनिता पन्दाक र टीका लिम्बुबिच बहस
असाज २५ गते । आज अक्टोबर ११ तारिख अर्थात असोज २५ गते सातौ अन्तराष्ट्रिय बालिका दिवस ।
बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरु आफ्नै सवालमा सामुदायिक रेडियोमा वहसमा छन् । किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारि गराउने छन् । रेडियो ताप्लेजुङमा बालविवाह संम्बन्धि बहस भएको छ । कक्षा ७ मा अध्यनरता १३ वर्षीया बालिका नुवमी राईले कार्यक्रम संञ्चालन गरिन् । जिल्ला बाल संञ्जाल  अध्यक्ष १८ वर्षीया अनिता पन्दाक र किशोरी अभियान्ता २० वर्षीया टीका लिम्बुले बहसमा जिल्ला तथा देशको बालविवाहको अवस्थाबारे जानकारी गराएका छन् । ताप्लेजुङ सिद्धार्थ एकेडेमी उकालीपानीमा अध्यनरत कार्यक्रम प्रस्तोता राईले रेडियोमा पहिलो पटक कार्यक्रम संञ्चालन गर्न पाउँदा खूसी व्यक्त गरिन् । पन्दाक र लिम्बुले बालबालिका संम्बन्धि विषयमा बालिबालिकाले नै कार्यक्रम संञ्चालन गर्न सके बालबालिकाको समस्या खुलेर भन्न सजिलो हुने बताएका छन् । रेडियो ताप्लेजुङ जस्तै ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा छन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी छन् जस अनुसार देशभरि ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् ।

 

सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन भएको हो । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित छ ।

 

बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियोमार्फत् यो गल्र्स टेकओभर गर्न लागिएको हो । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।

 

टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताउनु भयो ।
गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसा विरुद्ध आवाज उठाउनु  आफैमा नयाँ भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम