ताजा खबर

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

RadioTaplajung

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते। 

नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी दिएको छ। जिल्ला इन्चार्ज नरपति सी र सेक्रेटरी अभिषेक सीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा उक्त चेतावनी दिएको हो। पाथिभारा ( मुक्कुम्लुङ)मा पाथिवरा देवी दर्शन केबलकार प्रालीले नेपाल सरकारबाट निर्माण अनुमति लिएदेखि नै स्थानीय सरोकारवाला ,जनसमुदाय र केबलकार निर्माण प्राली बीचमा विवाद रहँदै आएको अवगत गराउँदै सर्वपक्षीय सहमतिको लागि विभिन्न निकायबाट पहल भएपनि विवाद कायमै रहेको र विवादित अवस्थामै केवलकार निर्माण कार्य कम्पनीले अघि बढाइरहेको हुँदा सरोकारवाला र जनता निर्माण कम्पनीबीच भौतिक रुपमा मुठभेड समेत हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा भनिएको छ। साथै ,नेपालको संविधानको धारा ३२( ३० ) ले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा लिपि संस्कार संस्कृति ,सभ्यता र सम्पदाको संरक्षण गर्ने हक सुनिश्चित गरिदिएको उल्लेख गर्दै सर्वपक्षीय सहमतिलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरिएको छ। केवलकार प्रालीले जग्गा धनीहरूबाट आयोजना प्रयोजनको निम्ति जग्गा खरिद गर्दा माफिया शैलीमा अस्वभाविक जग्गाको मूल्याङ्कन गरेको पनि  नैकपाको आरोप रहेको छ ।   यस्तो अबस्थामा आफुहरुको केवलकार निर्माण खारेजीको माग रहेको   नेकपाले स्पष्ट पारको छ । 
साथै सर्वपक्षीय सहमतिबाट केवलकार निर्माण हुने वातावरण बनेपछि पनि स्थानीय स्रोत र सम्पदाको संरक्षण प्रवर्धन र प्रभाव पार्ने विकास निर्माणमा प्रतिनिधित्व, अपनत्व, सहभागिता र उक्त आयोजनाबाट लाभान्वित हुने पहिलो अग्राधिकार स्थानीय जनतामा निहित भएको हुँदा उक्त आयोजनाको ५१ प्रतिशत सेयर स्थानीय जनतालाई अनिवार्य सुनिश्चित गरिनुपर्ने माग रहेको छ। 
आफूहरुले उठाएको विषयलाई वेवास्ता गरी निर्माण कार्य अघि बढाएमा हुन आउने आर्थिक भौतिक तथा मानवीय क्षतिप्रति केवलकार निर्माण कम्पनी स्वयं जिम्मेवार रहनुपर्ने चेतावनी दिइएको छ

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले